काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६औं साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन्। शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरेका थिए। साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए। उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र…