पर्वत। पर्वतको जलजला गाउँपालिका–८ का राजन सापकोटाले छ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउनुहुन्थ्यो । वर्षभरि दुःख गर्दा पनि श्रमअनुसारको आम्दानी लिन नसक्दा निराश हुनुभएका उहाँ जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते उन्नत तरकारी खेती तालीमपछि नयाँ उत्साह जागृत भयो । लगानी थपेर प्लास्टिकका दुई अस्थायी टनेल बनाउनुभयो । एउटा तालीम लिँदाकै बेला पाएको…