नेपालको रामेछापमा करिब ४० वर्ष अगाडी जन्मेर क्यानाडाका नागरिक बनेका एकजना अब्बल मान्छे । जसले दुर्घटनामा परि दुवै हात गुमाएका थिए । दुवै हात बिना नै सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाउन सफल हुनुभएको थियो । वँहा हिम्मतवाली चलचित्रका नायक पनि हुनुहुन्छ । हात गुमाएपछि खुट्टाले नै लेखेर कमर्स कलेजबाट मास्टर गरेका नेपालको ‘शान’ पहिलो व्यक्ति खुट्टाले नै कार, कम्प्युटर चलाउछन् ।आफ्ना हरेक काम आफै गर्न सक्ने हिम्मतवाला तथा सफल युवा व्यापारी सुदर्शन गौतम संग पार्वती खड्काले टेलिफोन मार्फत वँहाका सफल जिवनको बारेमा गरिएको कुराकानीको बृस्तृत पाटाहरु खोतल्ने प्रयास गरिएको छ । कुराकानीको सम्पादित अंश प्रस्तुत छ । के मा व्यस्त हुनुहुन्छ आजकाल तँपाई ? आफ्नो व्यवसायमा नै व्यस्त छु । त्यस बाहेक अहिले अन्य सामाजिक प्रोजेक्टहरुमा पनि व्यस्त छु । क्यानाडा को युकोंन प्रोभिन्शमा रहेको माउन्न्ट लोगन ५,९५९ मीटर अग्लो हिमाल आरोहण गर्ने तयारी मा छु । यो युकोंन सरकारको हिमाललाई अन्तरास्ट्रिय प्रबर्दन गर्ने उदश्यले आयोजित कार्यक्रम हो । यसकारण मैले यो प्रोजेक्टलाई लीड…