लहान, सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत एक वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । गाउँपालिका कार्यालय र वडा कार्यालयको लापर्वाहीका कारण सो वडाका करीब १५० भन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले गत फागुन महीनायता सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । गत वर्षको माघ महीनामा सामाजिक सुरक्षा…