रानीपोखरीमा बनेको कंक्रिट संरचना भत्काएर प्रताप मल्लकालीन शैलीमा नै पुनर्निर्माण गरिने भएको छ । विज्ञ समूहको बिहीबार बसेको बैठकले रानीपोखरीलाई मल्लकालीन शैलीमै बनाउनु पर्नेमा जोड दिएको छ । बैठकमा सल्लाहकारहरुलाई पनि सहभागी गराइएको थियो । रानीपोखरीमा सात वटा कुवा छ भन्ने गरिएको छ । धेरै पहिलेदेखि यस्तो भन्नेगरिएपनि कहाँ र कस्तो अवस्थामा छ भन्ने थाहा…