वीरगञ्ज, अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा रु चार करोड ५४ लाख ४० हजार मूल्य बराबरको दुई हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् । प्रायः यस भेगका उपभोक्ता चर्को मूल्य तिरेर भारतीय तथा पहाडको आलु खान बाध्य भएकामा यस वर्ष बढी आलु उत्पादन भएपछि उपभोक्तालाई राहत भएको…