चिप्लेढुङ्गा, हर्पन र खहरे खोलाले बगाएर ल्याएको ग्रेगान माटोले पुरिँदै गएको फेवातालको माटो पोखरा महानगरपालिकाले निकाल्न शुरु गरेको छ । महानगरपालिकाले आज डोजर लगाएर माटो निकाल्ने काम बङ्गलादी क्षेत्रबाट शुरु गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कार्यको शुरआत गर्नुभयो । मुख्यमन्त्री गुरुङले फेवाताल नेपालको मात्र नभइ विश्वकै गहना भएकाले यसको सौन्दर्य जोगाउनु…