सफाइ अभियान निरन्तर, ३१ मेट्रिक टन फोहर व्यवस्थापन

  काठमाडौँ, आमाको मुख हेर्ने पर्व परेपनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान आज पनि जारी रह्यो । आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको…