बहुउपयोगी सतुवा खेतीतर्फ कृषकको आकर्षण

  अलैँचीको हव जिल्लाको रुपमा परिचित लमजुङका कृषकको पछिल्लो समयमा बहुउपयोगी सतुवा खेतीतर्फ आकर्षण बढेको छ । बहुऔषधि गुणले युक्त भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सतुवाको माग उच्च रहेकाले जिल्लाका कृषकको आकर्षण देखिएको हो । लमजुङमा झण्डै ५०० कृषकले व्यावसायिक रूपमा सतुवा खेती गर्न थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङले विसं २०७४…