वन संरक्षण गर्दै उपभोक्ता

कैलालीको भजनी नगरपालिकाका बासिन्दाले सामुदायिक वन संरक्षणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । वनको स्तर सुधार्न उनीहरु सक्रिय भएका हुन् । उनीहरुले वनमा अग्निरेखा निर्माण, पुराना रूख काट्ने, मिचाहा प्रजाति फँडानीलगायत काम गरिरहेका छन् । वसन्ता संरक्षित वन क्षेत्रसँगै जोडिएका सामुदायिक वनमा यो कार्य भइरहेको छ । ती वन जैविक विविधताले महत्वपूर्ण मानिन्छ ।…