दमौली, वनलाई व्यवस्थित गरी बढीभन्दा बढी फाइदा लिने उद्देश्यसहित तनहुँका १२ वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन कार्य शुरु गरिएको छ । सामुदायिक वनलाई हराभरा बनाउने र उपभोक्तालाई आम्दानीको स्रोत बढाउने उद्देश्यसहित जिल्लाका १२ वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । सहायक वन अधिकृत बाबुराम उप्रेतीका अनुसार व्यास नगरपालिकाको राजापानी,…