त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाले विकासशील मुलुकमा वातावरणीय गुणस्तर तथा दिगोपना जस्ता विषयमा गिरावट आएकाले यसको समाधान गर्न विकासशील मुलुकको ध्यान जानुपर्ने बताएका छन । त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागको अगुवाइमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, कोलोराडो स्कूल अफ साइन्स, जोन हप्किन्स विश्वविद्यालय, फ्लोरिडा कृषि तथा यान्त्रिक विश्वविद्यालय, फ्लोरिडा विश्वविद्यालय र वायोमिङ विश्वविद्यालयद्वारा संयुक्त रुपमा…