हिंजोदेखि काठमाडौं उपत्याकामा बायु प्रदुषण अत्यन्तै बढेको छ । चिसो, घाम तथा हावा नलागेको कारण बायुमण्डलमा भएका धुलो तथा धुंवाका कणहरु सतहको नजिक थिग्रिएको अवस्था छ । यो प्रदुषणको कारण काठमाडौंमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन…