‘हामी हाम्रो घर आंगन सफा गर्न सक्छौ, ‘हामीले नगरे कसले गर्ने, ‘हाम्रो अभियान जारि छ, यो सरसफाइ प्रेमिहरुको यो साझा नारा हो । हरेक शनिबार झै आज पनि २२० जना अभियन्ताहरु चक्रपथ सरसफाइमा आएका थिए । यिनै अभियन्ताको हातेमालोमा चक्रपथको भाट्भटेनी चोक देखी धुमबाराही सम्म आज सफा गरिएको छ जसमा ९ टन फोहर संकलन गरिएको सफाइ अभियन्तका संयोजक लोक बहादुर टण्डनले बताएका छन ।
शहरलाइ स्वस्थ वातावरणमा हुर्काउनु पर्छ भन्ने जागरुक मनसायले थालिएको एउटा अथक प्रयासले आज चौरानब्बे औ हप्ता प्रबेश गरेको छ । यस अभियानमा पुर्व निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठ, सामाजिक संघ संस्था, नेपाल प्रहरी, विद्यालय परिवार, महिला समुह, यस्ता धेरै सामाजिक संघसंस्थाको प्रतिनिधित्व संगसंगै स्थानियको बाक्लो उपस्थिती रहदै आएको छ ।
साथै ललितपुर महानगरपालिका र क्लिन काष्ठमण्डपको सहभागितामा लगनखेल देखि बौद्ध स्तूपा, बटुक भैरब क्षेत्रसम्म १०० जना अभियन्ताको सहभागितामा ६ टन फोहर संकलन गरेको संयोजक टण्डनले बताएका छन ।
चक्रपथ सफाइ अभियानले सडकमा फोहोर फाल्नेहरुलाइ आफुले उत्पादन गरेका फोहोर आफै व्यवस्थापन गरौ भनेर सभ्यताको गतिलो सबक सिकाएको छ । अभियन्ताका संयोजक टण्डन चालिस बर्ष अगाडिको स्वच्छ बाग्मतीको स्मरण गर्दै भन्छन, ‘चालिस बर्षअगाडिको बाग्मतीको पानी अँजुलीमा उठाएर खान मिल्थ्यो, आज बागमतिमा हात चोप्न डराइरहेका छौ, माछा पौडि खेल्ने ठाउंमा किरा पौडि खेलेका छन, हामीले त दुख पायौ तपाइहरुले अब दुख नपाउनुहोला,
प्रतिक्रिया