त्यो व्यस्त सडकलाई देखाँउदै उनले भने ‘ल हेनुर्स त हाम्रो रोड कति सफा छ? चक्रपथ सफाइको ९३ नब्बेऔँ हप्ता पार भइसक्यो, यो अभियन्ताको पनि संयोजक मै त हो’ सफाइतिर लाग्यौ अस्पतालमा बिरामीको भिड कम छ ।’
ग्रिन सिटि अस्पतालको सातौ तलामा बसेर एकजना अब्बल समाजसेवी लोक बहादुर टण्डन म (पात्र) संग यसरि गफिदैँ गर्दा यि संवादहरु भए ।
लोक बहादुर टण्डन र उनको कामको विगत खोतल्ने मेसोमा म वंहाकै कार्यलय पुगेको थिए । टण्डन अहिले काठमाण्डौंको चक्रपथ, बसुन्धारामा अवस्थित ग्रिन सिटि अस्पताल हाँकिरहेका छन । टण्डनलाइ मान्छेले आफनो स्वास्थ्यसंग आफैले लापारवाहि गरेको प्रति पटक्कै चित्त बुझदैन । र भन्छन ‘ मोटर साइकल दुइ हजार किलो मिटर गुडेपछि सर्भिसिगं गर्न हतार, गाडी चार हजार किलोमिटर गुडेपछि मोविल फेर्न हतार तर मान्छे कम्तिमा बर्षमा २ चोटि होलबडि चेकअप सम्म पनि गराउन भ्याउदैन ।’
शान्त वातावरण,सफा सुग्घर, अनि चट्ट हरियो लेटरमा श्रृगांर पट्टार गरिएको सजावट एक भवन भित्र छिर्दा अस्पताल छिरेको छु भन्ने भान परेन मलाई, । कसरि जन्मीयो होला यति राम्रो कन्सेप्ट जान्न मन लागेको थियो ।
कसरि हुर्काउनुभयो अस्पतालको कन्सेप्ट भन्ने मेरो प्रश्नपछि उनको जवाफको शिलशिला शुरु भयो, उनले जोशिलो पारामा उमेरैमा खेलाडि भएको रमाइलो किस्साबाट शुरु गरे ।
‘विगत सम्झदै भन्छन, ‘म कुनैबेला खेलाडि थिए, खुट्टामा सामान्य चोट लागेको थियो’ अस्पताल गइयो, अपरेशन नगरि भएन, अपरेशन थिएटरमा थिए । झयाप्प लाइन गयो मेरो दिमागमा एक क्लीकमा यो अस्पतालको कन्सेप्ट आएको थियो ।’
‘२०६९ सालमा १३ करोड लगानिबाट ग्रिन सिटि अस्पताल नामाकंरण गरेर ३५ जना स्टाफबाट काम शुरु गरेका थियौं ।’ ‘म यसको चेयरमेन हु, लगानिकर्ता अरु पनि हुनुहुन्छ ।’ एन आरएन अमेरिकाका अध्यक्ष केशब पौडेल हुनुहुन्छ, केहि अरु पनि छौ ।’
‘काठमाण्डौँमा ५० लाख मान्छे बस्दा रैछन, त्यसमा एक प्रतिशतका दरले पचास हजार विरामी हूँदा रहेछ, जेरो पोइन्ट फाइभ प्रस्ेन्टले हिसाब गर्दा पच्चिस हजार बिरामी र जेरो पोइन्ट टु फाइभका दरले हिसाब गर्दा साढे बाह्र हजार बिरामीको लागि दिनमा साँढे ब्राह हजार बेड चाहिदो रहेछ,
‘जबकि काठमाण्डौमा बेडसङंख्या सात हजार पाँच सय मात्रै थिए, त्यसैले अझै पनि पाँच हजार बेड चाहियो’ । ग्रिन सिटि अस्पताल बिरामीहरुको आवश्यकता त छदैंथ्यो यसको अर्काे रहस्य चाहिं (यति हेल्थ साइन्स ऐकेडेमी) कलेज रहेछ । यो कलेज महाराजगन्जमा छ यहि कलेजलाई पनि हस्पिटलको आवश्यकता परेको थियो ।
गुल्मीबाट काठमाण्डौँ झर्दा तपाइको सपना के थियो भनेर जान्न खोज्दा ‘उनले आफनै गुल्मेली थेगोमा भने । ‘तपाइले मेरो कहानि सबै लेखि भ्याउनु हुन्छ र? ‘त्यतिबेला देशमा बहुदल आएको थियो, घरैपिच्छे लडाँइ चल्थ्यो, ‘अहिले लाग्छ राजनितिमा मान्छे नजानेरै झोसिदोँ रहेछ ।’ म पनि राजनितिबाट अछुतो रहिन, ‘उनले भने,
यो सुन्दा लाग्थ्यो टण्डनले पनि अघाउन्जेल को हण्डर भेटेका रहेछन । अस्थिर राजनितिको हैरानीले खपिनसक्नु भएपछि केहि समयपछि कोरियातिर हुइँकिएछन, ‘खुसि हुदैँ भन्छन, विदेश गएर आएपछि गोजि पनि अलि न्यानो त भयो, ‘बुटवलमा आएर टण्डन ग्लाश हाउस खोले, हुँदा हुदैँ मलाइ कलेज खोल्ने सनक चढयो, ‘बुटवलमै सन्जिबनी नर्सिङ कलेज पनि खोलियो ।’
यति गर्दा पनि टण्डनको लाहुरे हुने भुत हराएको रहेनछ । अमेरिका जान तमतयार भएका लोक बहादुर टण्डनलाई अहंँ अमेरिकाले पनि पत्याएनछ । त्यतिबेलाको झडका सम्झेर ‘मुसुक्क हाँस्दै ‘उनले भने, अमेरिकन एमबेस्सिले ‘यु आर नट क्यापाबेल टु गेट अमेरिकन भिजा भनिदियो, ओहो त्यतिबेला मेरो भाग्यमा अर्काे चिट्ठा प¥यो, ‘आफनो देश आफनो भाषालाई मायां गर्नुपर्छ भन्ने बुद्धि पलायो ।
अहिले उनकै मेहनतले बनाएको यो अस्पतालले धेरैलाई बचाएको छ । अहिले ग्रिन सिटि अस्पताल शहरका पा्रइभेट अस्पतालहरुमा टप फाइभमा पर्छ । उनले आफनो दैनिकी व्यवस्थापनमा मात्रै खर्चेका छैनन कसैलाइ अप्ठेरो पर्याे कि? कतै गमलाको फुल सुके कि ? कतै फोहोर भयो कि? भनेर आखाँ पु¥याउँदैमा बितेका आजकालका दिनचर्यासंग लोकबहादुर टण्डन बिछट्टै खुसि छन र भन्छन । ‘ घरबाट आशा मारेर अस्पताल सम्म आइपुगेको क्रिटिकल कन्डिसनका बिरामी उपचार पाएपछि घर जाने बेला अस्पतालबाट विदाइ गर्दा फुलको गुच्छा दिएर पठाउछु । ‘लौ भन्नुस त म कति भाग्यमानि रैछु’ यहि खुसि छ मसंग ।’
‘ग्रिन सिटि अस्पतालले मान्छे बचाउन धेरैलाई नि—शुल्क सेवा पनि गर्ने गरेको छ ।’ ‘ओपिडि टिकट जम्मा ४५० मात्र छ, शिक्षण अस्पतालमा पनि त्यहि रेट हो, ‘जबकि सरकारले न्युनतम पाँच सय लिनुपर्छ भनिरहेको छ तर अँह हामी सेवक हौ, ‘उनले भने, भाबुक हुदँै भन्छन, ‘अस्पताल पुलिस अदालत कसैको रहर हुँदैन ।’
अस्पतालबाट कत्तिको आम्दानि हुन्छ त भन्ने जिज्ञाशामा निराशिदै भने ‘शुरुमा नयाँ नौलो थियौ, त्यसपछि भुकम्प र नाकाबन्दि खेप्यौँ के आम्दानि होस, ‘समाज सेवा गरेका हौ, ‘अहिलेसम्म हाम्रा लगानिकर्तालाइ एक पैसो पनि बाडन सकेका छैनौ,
स्टाफ र घरभाडा त धानेका छौ’ मासिक सत्तरि लाख खर्च हुन्छ र पनि हामी गरिब असहाय बिरामीमैत्रि छौ ।’ हामीले मुटुको अपरेशन शरिरको कुनै पनि भागमा चिरफार नगरि काखिमुनिबाट प्वाल पारेर अप्रेशन गर्ने गरेका छौ, यो प्रविधिको शुरुवात यूरोप अष्टे«लिया अमेरिकाबाट भएको थियो । २०७३ सालमा नेपालमै पहिलोपटक ग्रिन सिटि अस्पतालले भित्रयाएको हो ।
अहिले पनि उनलाइ थुप्रै समस्याले थल्याएको छ । भन्छन, ‘बिरामीका लागि ल्याइएका इक्युपमेन्टमा पनि सरकारलाइ चर्को भन्सार तिर्नुपर्दा ढाड सेकिन्छ नि’।
‘उनले भने, ‘सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आफनो लगानि खुरु खुरु विदेश पठाएको छ, हामी यहि सरकारको काम सघाउनेलाई भने केहि पनि राहत छैन ।’ आफनै मेहनतमा विश्वाश गरेर उनले समाजसेवबाट आर्जेको एक मुस्कान मलाइ अत्यन्तै सह्रानिय लागिरहेको छ ।
प्रतिक्रिया