बाख्रापालन : नगद धन

बाख्रापालन : नगद धन


बाँके –  महादेवपुरी ३, खैरीकी भुलिया थारुले बाख्रापालन गर्न थालेको ९ वर्ष भयो । बाख्रापालनबाटै उनले मनग्य आम्दानी गर्न थालेकी छन् । उनीसँग अहिले दर्जन बढी बाख्रा रहेका छन् । शुरुका वर्षहरुमा ३ वटा बाख्रा पालेकी उनले विगत ३ वर्षदेखि व्यवसायीक रुपमा बाख्रापालन थालेकी हुन् ।

‘बाख्रापालनबाट आम्दानी राम्रो भएको छ’ उनले भनिन् ‘छोराछोरीहरुलाई पढाउन र घरखर्च धान्न कुनै समस्या छैन ।’ बाख्रापालन नगद धन भएकाले पनि सहज भएको उनको अनुभव छ । उनीमात्रै होइन खैरीकै बुद्धि खत्रीले पनि बाख्रापालनबाट राम्रो आम्दानी लिन सफल भएकी छन् । उनले बाख्रापालनबाट भएको आम्दानीले ५ कठ्ठा जग्गा समेत किनेकी छन् । सुधारिएको खोर महादेवपुरी ३ मा बाख्रापालन फस्टाएको छ । सबैले बाख्राका लागि सुधारिएको खोर बनाएका छन् । मान्छेलाई जस्तै बाख्रालाई पनि सफा खोर चाहिन्छ भन्ने भान बाख्रापालक कृषकहरुलाई ज्ञान थिएन ।