साँझको पाँच बजेतिर बिद्यालयको गलर्स ट्वाइलेटमा हस्याङ फस्याङ गरेर एकजना अधबैसे पुरुष सफा गरिरहेको दृश्य मेरो नजरमा प¥यो म एक टक हेरिरहें, चिनेजस्तो लागेर छेउमै गए । मैले नमस्कार गरें उहाँले मेरो चेहरा नहेरी नमस्कार फर्काउँदै आफनो काम गरिरहे, उनी ट्वाइलेट छेउको बेसिन सनाक–सिनिक पार्दै व्यस्त रहिरहे आफ्नै हतारो दखाउदै भन्नुभयो ‘फोहोर भो नि मायाँ लाग्छ के गर्ने’
उहाँ भिमसेनगोला माद्यमिक विद्यालयका प्रधानाध्यापक (हेड सर) गणेश राई हुनुहुन्थ्यो । भिमसेनगोला सामुदायिक विद्यालय हो । यो नयाँ बानेश्वरको विआइसिसिको पछाडी देउराली क्लबको ठ्याक्कै विपरित दिशामा पर्छ । गणेश राई यहि विद्यालयका हेडसर हुन । उमेरले ५० नाघिसकेका राई निक्कै जोशिला रहेछन । उनले शिक्षण पेशामै २५ वर्ष बिताइसकेका छन ।
उनको अनुहारमा खुसि बलिरहेको छ । आफ्नै काममा दत्तचित्त राई एकछेउमा उभिरहेको मतिर पुलुक्क फर्केर हेर्दै भन्नुभयो ल ‘तपाइको के छ? सकिहाल्नुस त, उनको काम हेर्दा यस्तो लाग्थ्यो कि मानौ कोहि आफ्नो घर आगन मझेरी सफा गरिरहेछ । हुन पनि गणेश राई अहिले विद्यालयलाई आफ्नै घर सम्झन्छन र बिद्यालायका बालबालिका लाइ आफनै छोराछोरी जस्तैै मायाँ गर्छन ।
तपाई विद्यालयमा कति समय दिनुहुन्छ भन्ने हाम्रो जिज्ञाशामा राइले भने ‘विहान जुरुक्क उठेर यहि विद्यालय आउँछु र राती ७ बजेतिर मात्रै घरभित्र पस्छु । विगत सम्झदैं राइ आफ्नै लवजमा भन्छन ‘मायां लाग्छ नि हौउ, दुखले बनाको छु’ हुन पनि राइ जीवनको उत्तरार्धमा बर्षाै अगाडिको पेशासँग अहिले पनि एकोहोरो दुख–सुख साटिरहेका छन ।
विद्यालयमा शिक्षक दरबन्दीको कोटा छैन, यहि कुराले उनि बेला बेला भौतारिनुरेको कहानी सुनाए । उनि भन्छन, ‘व्यवस्थापन समितिको वैठक बसेर जिल्ला शिक्षा कार्यलयमा दरबन्दीको लागि गयो, काम कहिल्यै भएन, विद्यालयको आयस्रोत नभएकाले शिक्षक राख्ने स्थिति पनि थिएन र छैन । कुनैसमयमा एकजना अग्रेजी शिक्षकलाई मासिक ५००० मा काम गर्न अनुरोध गरेको थिए नभन्दै उहाँले आएर सेवा गरिदिनुभयो, निरासिँदै उनले सुनाए ‘विद्यायलय त चलाउनुप¥यो ।
हाम्रो पाठयक्रमले फोहोर फाल्ने बस्तु हो भनेर सिकाउछ फोहोर व्यवस्थापन गर्नु तपाइ हाम्रो पनि दायित्व हो भन्ने यति गतिलो उदाहरण बनेका यि हेड सर विशुद्ध प्रधानाध्यापक मात्रै होइनन उनि आफना विद्यालयका बालबच्चाको कामलाइ सम्मान गर्नृपर्छ भनेर संस्कार सिकाउने प्रिय अभिभाबक पनि हुन ।
प्रतिक्रिया