दमक नगरपालिकाका मेयर रोमनाथ वलिले ग्रिनसिटि पोष्ट संवादातासँग समसामयिक विषयमा गरिएको कुराकानिको संम्पादित अशं
प्रश्न – मेयर भएर जनताको काम गरिरहंदा कस्तो महसुस भएको छ ?
मेयर – खुसि लाग्छ, जनताले बिश्वाश गरिदिनु भएको छ म उहाँरुको समस्यामा आफ्नो कमि हुन नदिने कुरामा प्रतिबद्ध छु ।
प्रश्न – नगर सफा राख्न के – कस्ता काम भएका छन?
मेयर – फुटपाथमा चिया व्यापारले असाध्यै फोहोर बनायो त्यसैले प्लास्टीक कप निषेध गरिएको छ । खादाको विकल्पमा सुतिको खादा प्रयोग गर्ने निर्णय गरेका छौ । भर्खरै साधारण सभाबाट फोहोरलाई स्रोतमै बर्गिकरण गर्ने निति पास भएको छ । अब घर घरमा डस्टपिन वितरण कार्यक्रम सुरु हुंदैछ । प्राइभेट पार्टनरसिप मोडेलबाट पनि फोहोर व्यवस्थापनको कार्यक्रम सुरु गरेका छौ ।
प्रश्न – अहिलेसम्म जनताले महसुस गर्ने गरी के के काम भए ?
मेयर – दमकको मुख्य समस्या भनेकै अस्तव्यस्त बजार हो । त्यसको प्रभावकारी नियमन गर्नका लागि स्थानिय बजार व्यवस्थापन ऐन ल्याएका छौ, अहिले बजार अनुगमन नियमित रुपमा भइरहेको छ । सरसमानहरुमा मुल्यसुचि अनिवार्य टास्नु पर्ने भनिएको छ । हालसालै नगरको प्रोफाइल बनाउने काम सकेका छौ, त्यहि प्रोफाइलमा टेकेर काम गर्ने योजना छ । हामीले अलि अगाढि नलेज बैंक स्थापना गर्छाै पनि भनेका थियौ । त्यो पनि एक किसिमको आइडियाको खेति हो जुन कुरा नगरवासिको हितमा कल्याण हुनेगरि नगरपालिकाले लगानि गर्न गरि योजना बनाएका थियौ । हामी यसलाइ पनि कार्यन्वयन गर्न पहल गरिरहेका छौ ।
प्रश्न – चुनावमा वोक्नुभएको एजेन्डा अनुसार काम भईरहेको छ त?
मेयर – हामी हरेक योजना बनाउँदा त्यहि चुनावी घोषणापत्र पल्टाएर हेर्छौ, म त २०५४ सालमा पनि दमकमै मेयर थिए । उतिबेलाको अलिकति अनुभबले अहिले पनि काम गर्न धेरै सजिलो भएको छ ।
प्रश्न – दमकको जल्दोबल्दो समस्या के हो?
मेयर – २ वटा खोलाले वर्षातमा साह्रै दुख दिन्छ, वर्षैपिच्छे बाढिले यहाँको जनजीवन प्रभावित हुन्छ । यहाँ ९६ हजार मानिसहरुको वसोवास भए पनि करिब ५ हजार मानिसहरु भुमिहिन छन, विपन्न वर्गका मानिस जो खोला किनारामा बसोबास गर्छन उनिहरुको पुर्नस्थापनाका लागि पहल गर्ने योजना छ । अर्काे समस्या दमकमा लागुपदार्थ दुव्र्यसनिको समस्या छ भने जङ्कफुडको अत्याधिक प्रयोगले मानव स्वास्थ्य विग्रदो अवस्था छ । किडनी फेलिएर मुटु रोगिहरु बढेका छन । रोग लाग्न नदिन खाद्य प्रयोगशाला स्थापना गर्दैछौ । विपन्न वर्गलाइ प्राविधिक शिक्षा स्वास्थ्य उपचार लगायतको राज्यले दिने सेवासुविधा प्रदान गर्नेछौ ।
प्रश्न – अब ५ वर्षपछिको दमक कस्तो हुनेछ?
मेयर – प्रदेश नम्बर १ को १ नम्बर नमुना शहरको रुपमा विकसित हुनेछ ।
प्रतिक्रिया