काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत बिहान ७ बजे नै गाउन र मास्क लगाएर सरकारी अधिकारीहरू सहित सवारी जाँचमा खटिए। थापाथली सडकमा प्रदूषण मापन गर्ने मेसिनसहित छड्के जाँचमा निस्किएका यि सरकारि अधिकारिहरुले सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा कडाइ गर्ने योजनासहित सडकमा आएको प्रस्टै झल्किन्थ्यो ।
हावामा हुने धूलोको मात्रामा सावरी साधनले निकाल्ने धूलोको ३८ प्रतिशत हिस्सा छ। सावारी साधनले २ दशमलव ५ पिएम पार्टिकुलर म्याटर को धूलो उत्पादन गर्छ। मानव स्वास्थ्यका दृष्टिले सम्वेदनशील सानो धूलोका कण निकाल्ने भएकोले सरकारले प्रदूषण मापनमा कडाइ गर्न लागेको हो।
यातायात व्यवस्था विभागले सवारी प्रदूषण नियन्त्रणमा विशेष व्यवस्था गर्न लागेको सरकारी अधिकारीले बताएका छन ।
अहिले धूलो मापन गर्ने तीनवटा मात्र यन्त्र प्रयोगमा छन्। धूलो मापन गर्ने विशेष प्रकारका ४० वटा यन्त्र सरकारले खरिद गरिसकेको छ।
प्रतिक्रिया