काठमाडौं । कम्युनिष्ट सरकारले यसपटक वृद्धभत्ता बढाएन । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजानिक गर्दै वृद्धभत्ता नबढाइएको जानकारी दिए ।
अहिले ६५ वर्ष नाघेका वृद्धवृद्धाले मासिक २ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् ।
चुनाबका बेला बाम गठबन्धनले वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने उल्लेख गरेको थियो ।
अर्थमन्त्रीले बजेटमार्फत ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको स्वास्य बीमा गर्ने घोषणा गरेका छन् । सो बीमा गर्दा लाग्ने बीमा शुल्क सरकारले नै तिरिदिने अर्थमन्त्रीले बताएका हुन् ।
प्रतिक्रिया