ललितपुर- नयाँ शैक्षिक वर्षमा राज्यले अवलम्बन गरेको राष्ट्रिय भर्ना अभियानमा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन सो अभियानमा लागेका छन् ।
नगरभित्र रहेका सामुदायिक शिक्षण सस्थामा आफै उपस्थित भएर उहाँ भर्ना अभियानमा लागेका हुन् । यसै क्रममा बिशिबार वडा नम्बर ९ स्थित बुद्ध मावि, वडा नम्बर ८ स्थित गणेश मावि र चण्डी देवी आधारभुत विद्यालयमा भर्ना कार्यक्रममा नगर प्रमुख महर्जनको उपस्थित रहेको थियो । उनले कुनै पनि बालबालिका शिक्षावाट वञ्चित हुन नहुने बताए । शिक्षाविना कुनै पनि विकास अघि बढ्न नसकिने उनको तर्क रहेको थियो ।
शिक्षा विकासमा नगरपालिकावाट आवश्यक सहयोग र दिर्घकालिन योजना बनाउने उहाँले प्रतिवद्ता व्यक्त गरे । अभियानमा बिद्यार्थीहरुलाइ किताब कापी निशुल्क वितरण गरिएको थियो ।
भर्ना अभियानमा नगरपालिका सामाजिक विकास समितिका सयोजक भाष्कर थापाको सहभागीता थियो । नगरपालिकाभित्र ३६ वटा सामुदायिक र ४७ वटा सस्थागत विद्यालय रहेका छन ।
प्रतिक्रिया