मेहनेति हिरालालको मेहनेतले अनारबाजे बनायो

मेहनेति हिरालालको मेहनेतले अनारबाजे बनायो


रामेछाप । आफनै मेहनतमा विश्वास गर्ने अनि आफना पाखूरीले आफनै भूमिमा हिरा फलाउने हिम्मत भएरै होला उनको नाम हिरालाल आचार्य भएको कूरो २०५५ सालतिरको हो मकै फल्ने बारिमा अनार रोप्न हून्न अन्नको जोहो गर्न सकिन्न भनेर श्रीमतीको गनगनले बारिमा अनार रोप्न नपाएका हिरालालको बारिमा अनार फलाउने धोको अधूरै थियो । घरमा घरसल्लाहा मिलेन तब हिरालालले गज्जबको आइडिया झिकेछन अच्चमीत मूद्रामा ‘उनले भने’ जिल्ला बन कार्यलयमा काम गर्थे कहिल्यौ आफनो आम्दानिको हिसाब किताब घरमा बूझाउदैन थिए तलब आउथ्यो आफै राख्थे चलेकै थियो तर एकदिन त्यहि तलब थापेर श्रीमतीलाइ अनार बेचेको भनेर दिए भोलिपल्ट देखि त मेरि उनिले बारिभरि अनार रोप्न थालिन ।

इन्डीयाको जोगबनिमा अध्ययनको शिलशिलमा जादां कोशेलिको रुपमा अनारको दाना ल्याएर विरुवाबाट उत्पादन शूरु गरेका थिए रोपेको २ वर्षबाट उत्पादन शूरु भयो । एक रोपनि जग्गाबाट बार्षिक ३ लाखको हाराहारीमा आम्दानि हूने गर्छ । उत्पादन त भयो तर त्यो बेलामा गाउंमा फलफूल बेच्ने चलन नै थिएन जसोतसो मन्थलि बजारमा ल्याएर थोरबहूत बेच्न थालीयो अनारको स्वाद चाख्नेहरुले विस्तारै नर्सरीको माग गर्न थाले । रामेछाप जिल्ला र जिल्ला आसपासबाट माग बमोजिम विरुवाको व्यापार पनि भयो अहिले दानाबाट मात्र आम्दानि हूने गरेको छ ।
उनी भन्छन अहिले नेपालमा ९६ प्रतिशत अनार विदेशबाट आयात हून्छ राज्यले कृषकलाइ सहयोग गरोस न बैकंले क्रण पनि सजिलै दियोस न कसले काम गर्दैन र ? अनार यस्तो फल हो जसमा औषधिय गूण भएको हून्छ खानेवितिकै रगतमा परिणत हूने हूदां करिब २०० किसिमको रोगप्रतिरोधात्मक क्षमता हून्छ । यसको बजार फराकिलो छ । नेपाल केन्द्रीय अनार सघंको अध्यक्ष्य र लोकसेवा आयोगको वस्तूगत प्रश्नपत्रमा समेत परिचित नाम हो अनारबाजे ”उनले भने, ”यो नामलाइ जोगाउन नेपाललाइ अनारमय बनाउन सहयोग गर्र्नेछू तब मात्र म सफल हूनेछू । अहिले विभिन्न स्थानमा तालिम पनि दिइरहेको छू”

 

 

 

हिरालाल आचार्ये ( अनारबाजे) मन्थली न.पा ५ सम्पर्क नम्बर ९८५४०४०६९८