५४ हजार हेक्टर खेतीयोग्य जमिनमा ठडिए नयाँ घर

५४ हजार हेक्टर खेतीयोग्य जमिनमा ठडिए नयाँ घर


विराटनगर । प्रदेश १ अन्न भण्डारका रुपमा परिचित छ । तर, पछिल्ला समयमा यो प्रदेशमा मुख्य खाद्यान्नका रुपमा रहेको धानको उत्पादन घट्दो क्रममा छ ।

प्रदेश १ मा उत्पादन भएको धानले यस प्रदेशलाई बचाएर अन्य प्रदेशमा पनि निर्यात गर्दै आएको थियो । धान खेती हुदै आएको जमिन मासिदै जाँदा त्यस क्षेत्रमा लगाइँदै आएको धानको खेतीपनि घटदै गएको हो ।

विशेष गरी बसोवास क्षेत्रका लागि प्लटिङ गरेर खेतीयोग्य जमिन खण्डिकरण भइरहेको छ । त्यसका अबला धान खेती मासेर तरकारी खेती, माछा पोखरी निर्माण गर्ने काम भएको छ ।

यसअरी प्रत्येक वर्ष धान खेती मासिदै गएपछि प्रदेश १ अन्तर्गत रहेका १४ जिल्लामा गएको १५ वर्ष यता धानको उत्पादनमा कमी आएर १४ लाख १५ हजार ८ सय मेटि्रक टनमा समिति भएको छ ।

क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत डा. राजेन्द्र उप्रतीले यो अवधिमा ५४ हजार हेक्टर धान खेतीको क्षेत्रफल गुमेको छ ।

सन् २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुदै आएको थियो । धानको वार्षिक उत्पादन पनि १६ लाख ४७ हजार मेटि्रटन रहेको थियो । तर, १५ वर्षको अन्तरमा हाल धानको वार्षिक उत्पादन १४ लाख १५ हजार ८ सय मेटि्रक टन उत्पादन रहेको छ । धान खेती हुने जग्गापनि खुम्चिएर ३ लाख १२ हजार हेक्टरमा सिमिति बनेको छ ।