दाङ । दाङस्थित जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले भनेको छ, अव दाङ जिल्लालाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने अभियान प्रभावकारीढंगले अगाडि बढ्ने छ । गत साता घोराहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवालाहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीका अनुसार अव योजनावद्धरुपमा दाङलाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने गतिविधिहरु संचालन हुनेछन् ।
प्रतिक्रिया