कूनै पनि कारणवश फोहरमैला व्यवस्थापन संघमा आबद्ध भयर काम गरिरहेका निजी कम्पनीहरु बिस्थापित हुने अवस्था सृजना भयमा सदस्य कम्पनी र त्यसमा आश्रित कर्मचारीको हितमा संघले जस्तासुकै बिरोधका कार्यक्रम अगाडी सार्नपरे पनि पछि नपर्ने फोहोरमैला व्यवस्थापन सघंका महासचिब देवेन्द्र खड्काले बताउनू भएको छ ।
लामो समयदेखि काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र आसपास अन्य नगरपालिकाहरुमा संघमा आबद्ध भयर हाराहारी ६० वटा कम्पनीहरुले काठमाण्डौ उपत्यकाको फोहोरमैला सिष्डोल ल्यान्डफिल्डमा व्यवस्थापन गर्दै आइरहेको छ । काठमाडौं महानगरपालिकामा हाराहारी ६० प्रतिशत र अन्य नगरपालिका हरुमा लगभग पुर्ण रुपमा फोहोरमैला व्यवस्थापनको कार्य निजी कम्पनीहरुले आफ्नै स्रोतमा गरिरहेका छन । करिब १५ बर्षका अनूभबि व्यवसायि खडका भन्नूहून्छ फोहोरमैला व्यवस्थापनको कार्य हेर्दा जति सहज लाग्छ यो आफैंमा जटिल छ र यसका लागि नत सम्ब्न्धीत निकायबाट सहयोग नै छ यस्तो अवस्थामा निजी कम्पनीहरुले पनि सोचे जति कार्य गर्न सकिरहेका छैनन । सरकारले हालै ग्लोबलको माध्यमबाट छनौट भएको कम्पनी नेप वेष्ट लाई एकिकृत फोहोरमैला व्यवस्थापनको जिम्मा दिने निर्णय गरेको छ सरकारको यस निर्णयले यस क्षेत्रमा बर्षैै देखि काम काम गरिरहेका निजी कम्पनी जसको रोजिरोटि खोसिने सम्भावना बढदै गएको छ त्यसैले निजि लगानि व्यवसायिहरुको भाग्य, भबिस्य अब कता जादैछ र लगानी के हुन्छ भन्ने बिषयमा कुनै बहस नगरि सरकारले गरेको यस निर्णयप्रति प्रश्नचिन्ह खडा भएको छ यो बिषयलाइ बहसको विषय बनाइनूपर्ने लगायतका माग सघंको रहेका छ । साथै नेपवेष्ट प्रालिले यि कम्पनीहरुलाई कसरि समेट्न सक्छ भन्ने बिषयमा गहन छलफल हुन बाँकि नै रहेको महसचिब खडकाले बताउनूभयो ।
प्रतिक्रिया