भोलि मौसममा सुधार आउने

भोलि मौसममा सुधार आउने


आजको मौसम खासै खुल्न सकेन् । राजधानी उपत्यकामा भोलि मौसममा सुधार आउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विहानको समयमा घाम झ्ल्किने र र दिउँसोतिर मौसम सुख्खा रहने महाशाखाको अनुमान छ ।

दिउँसोको उच्च तापक्रम लगभग २६ डिग्रि सेल्सियस सम्म पुग्नेछ भने राति तापक्रम घटेर करिब ११ डिग्रि सेल्सियससम्म पुग्ने हुँदा चिसो महशुस हुन सक्छ । सुख्खा मौसमको अवसरमा बाहिरी घुम(फिरका लागि अनुकूल समय हुनेछ । समग्रमा, आज केही अनिश्चित अवस्थाको मौसम भएता पनि भोलि मौसम सामान्य र सुखद रहने देखिएको छ ।