काठमाडौं उपत्यकाको मौमम

काठमाडौं उपत्यकाको मौमम


आज काठमाडौं उपत्यकामा दिउँसो आंशिक बदली रहने छ। तापक्रम २० देखि २८ डिग्री सेल्सियसको बीचमा रहने अपेक्षा गरिएको छ। पोखरामा हल्का वर्षा हुने देखिन्छ र कहिलेकाहीँ घाम पनि देखिन सक्छ, तापक्रम १८–२७ डिग्री सेल्सियस। तराई क्षेत्र, जस्तै विराटनगर र जनकपुरमा हल्का वर्षा र धुलो मिश्रित हावा चल्नेछ, तापक्रम २४–३१ डिग्री सेल्सियसको बीचमा रहने जल तथा मौमम पुर्वानाुमान महाशाखाले जनाएको छ । पहाडी भेगमा आंशिक बदली रहँदै कहिलेकाहीँ वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा हल्का वर्षा र धुलोको कारण सडक चिप्लिन सक्ने भएकाले सतर्क रहन आवश्यक छ।

भोली,सोमबार काठमाडौं उपत्यकामा प्रायः बदली रहनेछ। बिहान केही घाम देखिन सक्छ, तर साँझसम्म हल्का वर्षा हुने सम्भावना छ। तापक्रम १९–२८ डिग्री सेल्सियसको बीचमा रहनेछ। पोखरामा वर्षा निरन्तर रहन सक्ने देखिन्छ, तापक्रम १८–२५ डिग्री सेल्सियस। तराईमा आंशिक बदली रहनेछ र हल्का वर्षा हुने सम्भावना छ, तापक्रम २३–३० डिग्री सेल्सियस। पहाडी भेगमा वर्षा र चिसो हावा चल्ने भएकाले बाढी र भू–स्खलनको जोखिम रहन सक्ने महाशाखाले जनाएको छ ।

पार्सि, मंगलबार काठमाडौं उपत्यकामा प्रायः घाम लाग्नेछ र हल्का बदली रहनेछ। तापक्रम २०–२९ डिग्री सेल्सियसको बीचमा रहनेछ। पोखरामा प्रायः घाम रहनेछ, तापक्रम १९–२६ डिग्री सेल्सियसको बीचमा रहनेछ। तराई क्षेत्रमा घाम लाग्नेछ, तर केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ, तापक्रम २४–३१ डिग्री सेल्सियस। पहाडी भेगमा बदली र हल्का वर्षा रहने देखिन्छ। सहर र उपत्यकामा धुलो र प्रदूषणका कारण मास्क लगाउने सल्लाह दिइन्छ भने पहाडी क्षेत्रमा वर्षा र भू–स्खलनको सम्भावनाका कारण सतर्क रहनु आवश्यक छ।