काठमाडौं उपत्यका यतिबेला मानव बसोबास सकसपुर्ण बन्दै गएको छ । बिहान साढे सात बजेतिर उठ्दा नाकमा हल्का चिलाउने, धुवाँको गन्ध महसुस हुनु र हाछ्यु आउनु को कारण काठमाण्डौँको वायु प्रदुषण नै हो । ।काठमाण्डाँै उपत्यकाको चक्रपथ बल्खु, जोरपाटीदेखि कोटेश्वरसम्म हावामा तातो वाष्प धुलो र धुवाँ मिसिएको छ । आँखाले देख्न नसकिने २ दशमलब ५ पिएम धुलोका कणहरु जो आँखाले देख्न सकिदैँन् । कपालका रौहरु ५० पिएम सम्म्का हुन्छन् कपालका रौ भ्न्दा करिब २५ गुण साना अदृश्य कणहरु मानिसको शरिरको शक्तललिसम्म पुगेर सास फेर्नै गाह्रो हुने फोक्सोको क्यान्सर दम जस्ता रोगहरु बल्झििन सक्ने वातावरणविद भुषण तुुलाधरले जानकारी दिनुभयो । नेपालकै राजधानी काठमाडौंभित्र हरेक दिन लाखौं मानिस मौन प्रदूषणसँग बाँचिरहेका छन्।
काठमाडौंको सडकमा करिब १२ लाखभन्दा बढी सवारी साधनहरू गुड्छन् तिमध्ये धेरैजसो पुराना मोटरसाइकल र मिनिबसहरू छन्, जसले मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्छन्। सडक विस्तार र निर्माण कार्यमा धुलो नियन्त्रणका उपायहरू नअपनाइँदा सहरै धुलाम्मे बनेको छ। बल्खुकी बासिन्दा लक्ष्मी तामाङ भन्छिन्, “धुलोको कारण बिहानै सास फेर्न गाह्रो हुन्छ, छोरीलाई स्कुल लैजान मास्क नलगाई बाहिर निकाल्नै सकिन्न।”
उपत्यकाभित्र करिब ११० वटा ईँटाभट्टा सञ्चालनमा छन्, जसमा धेरैले पुरानो प्रविधि प्रयोग गर्छन्। यी भट्टाहरूबाट निस्कने धुवाँले हावामा सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड र धुलो मिसिन्छ। त्यसैगरी घर निर्माणको तीव्र लहरले सिमेन्ट, बालुवा र ढुंगाको धुलोले हावाको गुणस्तर झनै बिगारिरहेको छ। यी सबैले वायुमा विषाक्त कणको मात्रा बढाइरहेका छन्, जसको असर प्रत्यक्ष रूपमा मानवीय स्वास्थ्यमा देखिन थालेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १० जनामध्ये ६ जनाले कुनै न कुनै स्वास–प्रश्वाससम्बन्धी समस्या भोगिरहेका छन्। दम, एलर्जी, आँखामा जलन र दीर्घकालीन श्वासघातजस्ता समस्या तीव्र रूपमा देखिएका छन्। स्वास्थ्य विज्ञका अनुसार वायु प्रदूषणले फोक्सोमा सुजन ल्याउँछ र दीर्घकालीन रूपमा मुटु रोग र क्यान्सरको जोखिम समेत बढाउँछ। विशेषगरी बालबालिका र वृद्धहरू यसको सबैभन्दा बढी जोखिममा छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक २०० भन्दा माथि पुग्छ । जुन “अस्वस्थ” स्तर हो। साधारण भाषामा भन्नुपर्दा, काठमाडौंमा एक दिन सास फेर्नु २० वटा सिगरेट पिउनु बराबर हानिकारक मानिन्छ। यति गम्भीर अवस्था हुँदाहुँदै पनि समस्या समाधानका प्रयासहरू कमजोर छन्।
नेपाल सरकारले २०१९ मा वायु प्रदूषण नियन्त्रण कार्ययोजना ल्याएको थियो। तर पुराना सवारी साधन हटाउने नीति लागू हुन सकेको छैन, ईँटाभट्टा आधुनिक प्रविधिमा रूपान्तरणमा ढिलाइ भएको छ, र सडकमा पानी छर्कने वा हरियाली विस्तारजस्ता प्रयास निरन्तर छैनन्। काठमाडौं महानगरका पर्यावरण शाखा प्रमुखका अनुसार नीति राम्रो भए पनि कार्यान्वयनमा स्रोत, जनशक्ति र निगरानीको अभाव छ।
वायु प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन र व्यवहारिक उपाय आवश्यक छन्। सवारी साधनमा उत्सर्जन जाँच अनिवार्य गर्नुपर्छ, ईँटाभट्टामा आधुनिक प्रविधि ९जस्तै श्ष्न(श्बन प्ष्लि० प्रयोग गर्नुपर्छ, सहरमा हरियाली र वृक्षारोपण विस्तार गर्नुपर्छ। साथै सार्वजनिक यातायात सुधार गरेर विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ। फोहर जलाउने बानी रोक्ने जनचेतना अभियान पनि अत्यावश्यक छ।
काठमाडौं उपत्यकाको सुन्दरता अहिले धुलो र धुवाँको पर्दाभित्र हराउँदै गएको छ। वायु प्रदूषण देखिँदैन, तर हरेक श्वाससँगै शरीरभित्र विष बनेर प्रवेश गरिहेको छ । यो संकट केवल वातावरणको होइन, हरेक नागरिकको स्वास्थ्य, जीवन र भविष्यसँग जोडिएको प्रश्न हो। जबसम्म हामी “सफा हावा हाम्रो अधिकार हो” भनेर ठोस कदम चाल्दैनौं, त्यतिन्जेल काठमाडौंको आकाशमा निलो रङ फर्किन कठिन छ।
प्रतिक्रिया