हिमालका प्राचीन ग्लेसियरहरू पूर्ण रूपमा गायब हुनसक्ने चेतावनी

हिमालका प्राचीन ग्लेसियरहरू पूर्ण रूपमा गायब हुनसक्ने चेतावनी

कने, म्याकलुरे, लेल्ली, प्यालिसडे नामका चार प्रमुख ग्लेसियरहरू अबको केहि समयमा हराउन सक्ने भनेर अनुमान गरिएको छ ।

पार्वती खड्का

क्यालिफोर्नियाको सिएरा नेवादामा रहेका प्राचीन ग्लेसियरहरू तीव्र गतिमा पग्लिरहेका छन् । एक नयाँ अध्ययनले भविष्यवाणी गरेको छ कि यदि अहिलेको तापमान वृद्धिको प्रवृत्ति यहि गतिमा रह्यो भने यो श्रृंखला सताब्दीको शुरूवातमा पूर्ण रूपमा हिमरहित आइस फ्रि शिखर हुन सक्छ भनेर वैज्ञानिकहरुले भनिरहेका छन् । यो घटना मानव इतिहासमै पहिलो पटक हुनेछ।

विशेषगरी कने, म्याकलुरे, लेल्ली, प्यालिसडे नामका चार प्रमुख ग्लेसियरहरू अबको केहि समयमा हराउन सक्ने भनेर अनुमान गरिएको छ । त्यसैले पनि होला यहि चार हिमालमाथि अध्ययनको केन्द्रविन्दु बनाइएको छ। यी ग्लेसियरहरू संसारकै सबैभन्दा पुराना हिमनदीमा गनिन्छन् । अन्तराष्ट्रिय सन्चारमाद्यम द गार्डियनका अनुसार यि हिमनदिहरु तिस हजार वर्षभन्दा पुरानो हुनसक्ने सम्भावना छ।

शोधकर्ताहरूले ग्लेसियर छेउका चट्टान र कणहरूमा आइजटोपि डेटिङ नामक तत्व भेटिएको छ । यो एक उपग्रहमा पाइने पदार्थ हो । यसले पादार्थमा परिवर्तन मापन गर्ने विधि प्रयोग गरेर अध्ययन गर्दा पत्ता लागेको थियो । ति तत्वहरु लामो समयदेखि हिमले छोपिएका थिए । हाल ती चट्टानहरू नयाँ रूपमा उजागर हुन थालेका छन्।

विज्ञले भनेका छन्, “हामी पहिलो नरहँदा सिएरा नेवादालाई हिमरहित शिखरहरू देख्ने सम्भावना राख्ने मानिसहरू हुने छौं।” यस्तो अभिव्यक्ति मात्र वैज्ञानिक चेतावनी नभइ एक प्रतीकात्मक उत्तर पनि हो कि जलवायु परिवर्तन अब सुक्ष्म संकेत मात्र होइन । यो त प्रत्यक्ष रूपमा पृथ्वीका लचिला संरचनाहरूलाई बदलिरहेको छ।

ग्लेसियर हराउनु केवल दृश्यात्मक घटना मात्र होइन् । यसले जैविक प्रणाली, नदी प्रवाह, स्थानीय जल आपूर्ति र वनस्पति पशुपक्षी जीवनमाथि गम्भीर प्रभाव पार्न सक्छ। गर्मीको सिजनमा पग्लने हिमपानीले नदीलाई निरन्तरता दिन मद्दत पुर्‍याउँछ, र यदि ती स्रोत हराए भने पानी संकट, कृषि संकट र जीवनसरलताको अभाव निम्त्याउन सक्छ।

अध्ययनले चेतावनी दिएको छ कि विश्व तापमान वृद्धि यदि २ दशमलब ७ डिग्रि सेल्सियससम्म पुगेमा, ग्लेसियरहरूको लगभग ७५ प्रतिशत हराइसक्ने जोखिम छ। वर्तमान तापमान वृद्धिदरले यी जोखिमहरूलाई अझ तीव्र बनाएको छ।

यसलाई रोक्ने उपायहरू नभएको होइनन् । हरितगृह ग्यास उत्सर्जन कटौती, नवीकरणीय ऊर्जा प्रवर्द्धन, ग्लेसियर संरक्षण कार्यक्रमहरू, र अनुसन्धानमा लगानी वृद्धिका माध्यमबाटकम गर्न सकिने यस अध्ययनका प्रमुख लेखक एन्ड्रयू जोन्सले भनेका छन् ।