काठमाडौं । नलगाड हाईड्रोपावर कम्पनीलाई प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न चार बुँदे माग राखी चेतावनी दिएका छन् ।
काठमाडौँको थापागाउँमा रहेको कार्यालयमा पुगी आइतबार जाजरकोटीले चेतावनी दिएका हुन् । बा१७च ५२०७ नम्बरको गाडी दुरुपयोग भएको भन्दै तत्काल कम्पनीमा ल्याइनुपर्ने माग उनीहरुको छ ।
यस्तै प्रभावित क्षेत्रका स्थानीयवासीलाई विशेष प्राथमिक दिएर काम गर्नुपर्ने, जथाभावी रुपमा नियुक्त गरिएका कर्मचारीहरु तत्काल हटाउनुपर्ने र ताँसुगाड जलविद्युत आयोजना निर्माणलाई तीव्रता दिनुपर्न उनीहरुले बताएका छन् ।
बा१७च ५२०७ नम्बरको कम्पनीको गाडी दुरुपयोग गरी व्यक्तिगत प्रयोजनमा लगाएको भन्दै प्रभावित क्षेत्रका स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।
हाइड्रोपावरका कार्यकारी अधिकृत (सीईओ) नरेन्द्रसिंह भण्डारीको मिलोमतोमा सल्यानका कृष्ण शर्माले भदौ महिनादेखि व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको भन्दै जाजरकोटीले बिरोध गरेका हुन् । राजनीतिक आडमा जाजरकोट नलगाड नगरपालिकाका प्रभावित क्षेत्रका स्थानीय, बुद्धिजिवीसँग समन्वय नगर्दा काममा समेत समस्य भइरहेको छ । सीईओ भण्डारीले भने गाडीको दुरुपयोग भएको बारे आफूलाई थाहा नभएको प्रतिकि्रया दिएका छन् । ‘उनीहरुले त्यही कुरा ल्याएर यहाँ आएका थिए,’ उनले भने,’गाडी दुरुपयोग भएको बारे थाहा भएन, बुझ्नु पर्छ ।’ यता नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाबाट काठमाडौँमा रहेको हाइडो्रपावरको कार्यालयमा सूचना बुझन जाँने व्यक्तिलाई भण्डारीले प्रवेशमै रोक लगाएको प्रभावित क्षेत्रका सेवक चन्दले वताए ।
प्रतिक्रिया