अमेजनको जंगलमा किन हराएका छन् मानवजाती

अमेजनको जंगलमा किन हराएका छन् मानवजाती

जैविक विविधताले भरिपूर्ण उष्णकटिबंधीय वनक्षेत्र

पार्वती खड्का


पृथ्वीको सबैभन्दा ठूलो र जैविक विविधताले भरिपूर्ण उष्णकटिबंधीय वनक्षेत्र हो अमेजनको जगंल । जसले विश्वका जलवायु, जैविक विविधता र मानव सभ्यताको जोहो गर्नमा मुल थाम भएर योगदान पुर्याएको छ । दक्षिण अमेरिकाका नौ राष्ट्रहरूमा फैलिएको यो वनक्षेत्र लगभग ६.७ मिलियन वर्ग किलोमिटरमा फैलिएको छ । जसले भारतको क्षेत्रफलको दुई गुणा क्षेत्र ओगटेको छ । यहाँको जैविक विविधता अत्यधिक छ । जहाँ १०% ज्ञात प्रजातिहरू बसोबास गर्छन् र प्रत्येक दुई दिनमा नयाँ प्रजाति पत्ता लाग्ने गरेको छ ।
अमेजनको वनस्पति र जनावरहरूको जैविक विविधता अत्यधिक छ । यहाँ ४०,००० भन्दा बढी वनस्पति प्रजातिहरू, ३,००० भन्दा बढी ताजा पानीका माछा प्रजातिहरू, ३७० भन्दा बढी सरीसृप प्रजातिहरू, २,५०० भन्दा बढी तितली प्रजातिहरू र ८०६ भन्दा बढी चरा प्रजातिहरू पाइन्छन् । यस वनक्षेत्रमा पाइने जनावरहरूमा जगुआर, हरपी ईगल, गुलाबी नदी डल्फिन, स्लोथ, कालो स्पाइडर मंकी र विषाक्त डार्ट फ्रग्स जस्ता प्रजातिहरू समावेश छन्।
अमेजन वर्षावनको जलवायुमा महत्वपूर्ण भूमिका रहेको छ । यहाँका रूखहरूले दैनिक २० अर्ब टन पानी वायुमण्डलमा फाल्ने गर्छन् । जसले विश्वव्यापी र क्षेत्रीय जलवायु चक्रमा महत्वपूर्ण योगदान पुर्याउँछ । साथै, यो वनक्षेत्रले लगभग १२३ अर्ब टन कार्बन भण्डारण गरेको छ । जसले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मद्दत पुर्याउँछ ।
अमेजनको संरक्षणमा स्थानीय आदिवासी समुदायहरूको महत्वपूर्ण भूमिका रहेको छ । त्यँहाका रैथानेहरूको परम्परागत वन व्यवस्थापन र संरक्षण अभ्यासहरूले जैविक विविधता र पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्याउँछ । यद्यपि, अवैध वन्यजन्तु शिकार, खनिज उत्खनन र अन्य बाह्य गतिविधिहरूले यस वनक्षेत्रको अस्तित्वलाई खतरामा पारिरहेको छ।
अमेजन वर्षावनको संरक्षणमा अन्तर्राष्ट्रिय समुदायको सक्रियता आवश्यक छ । विभिन्न देशहरूले यस वनक्षेत्रको संरक्षणका लागि आर्थिक र प्राविधिक सहयोग पुर्याउँदै आएका छन् । जर्मनीले ब्राजिलको वातावरणीय नीतिहरूमा सुधार ल्याउन ४२२२ मिलियनको योगदान घोषणा गरेको छ, जसमा अमेजन कोषमा ४३८ मिलियनको दान र ४८७ मिलियनको कम ब्याज दरका ऋण समावेश छन् ।
अमेजन वर्षावनको संरक्षणमा सबैको साझा प्रयास आवश्यक छ । यस वनक्षेत्रको जैविक विविधता, जलवायुमा भूमिका र मानव सभ्यतामा योगदानलाई ध्यानमा राख्दै यसको संरक्षणका लागि सक्रिय कदम चाल्नु अत्यन्त आवश्यक छ ।
अमेजनको मानवजाती किन बाहिरी दुनिँया देख्नपाउँदैनन् ?
अमेजनका जंगलमा बसोबास गर्ने मानिसहरूले बाहिरी संसार देख्न पाउँदैनन् भन्ने कुरा पूर्ण रूपमा सत्य होइन । वास्तवमा, यस्ता “अविकसित“ वा “अस्पर्शित“ जनजातिहरूले बाहिरी संसारको अस्तित्वलाई थाहा पाएका छन् र कहिलेकाहीँ त्यसमा प्रतिक्रिया पनि जनाएका छन्। ‘‘हामिले हाम्रो परम्परा लुकाउन पनि हामी बाहिर देखिन चाँहदैनौ’
अविकसित जनजातिहरूको वास्तविकता
अमेजनको गहिरो जंगलमा बसोबास गर्ने केही जनजातिहरू, जसलाई “अविकसित“ भनिन्छ, बाहिरी संसारसँग सम्पर्क गर्न चान्दैनन् । यस्ता जनजातिहरूले बाहिरी मानिसहरूको आगमनलाई खतरा मान्छन् र त्यसबाट जोगिनका लागि आफूलाई अलग राख्छन्। उनीहरूले बाहिरी संसारको अस्तित्वलाई थाहा पाएका छन् र कहिलेकाहीँ त्यसमा प्रतिक्रिया पनि जनाएका छन्।

पेरुको अमेजनमा बसोबास गर्ने मस्का,े पिरो जनजातिले बाहिरी मानिसहरूको आगमनलाई देखेर प्रतिक्रिया जनाएका छन्। उनीहरूले बाहिरी मानिसहरूको आगमनलाई खतरा मान्छन् र त्यसबाट जोगिनका लागि आफूलाई अलग राख्छन्।
संरक्षण र चुनौतीहरू
अविकसित जनजातिहरूको जीवनशैली र अस्तित्वलाई संरक्षण गर्नु अत्यन्त महत्त्वपूर्ण छ । उनीहरूको परम्परागत जीवनशैली र संस्कृतिलाई बचाउनका लागि बाहिरी हस्तक्षेपबाट जोगिन आवश्यक छ । साथै उनीहरूको स्वास्थ्य र अस्तित्वलाई खतरामा पार्ने तत्वहरू जस्तै अवैध वन्यजन्तु शिकार, खनिज उत्खनन र अन्य बाह्य गतिविधिहरूबाट जोगिनका लागि कडा कदम चाल्नु आवश्यक छ । ब्राजिलको अमेजनमा करिब १०० भन्दा बढी मानिसको अज्ञात समूह छन् भन्ने कागजातहरू छन् । जसले वैश्विक समाजसँग के–के हुन्छ भन्ने बारेमा त्यत्ति जानकारी नभए पनि, “सम्पर्क नगर्नु” उनीहरूको स्वैच्छिक तर रणनीतिक निर्णय हो । संसारलाई नदेख्नु होइन, तर सजग बनाएर टाढै राख्नु पर्छ भन्ने त्यँहाका मानिसहरुको चेतना छ ।
अमेजनको वातावरणिय अवस्था
अमेजन वर्षावनमा जलवायु परिवर्तनका प्रभावहरू गम्भीर र चासोको विषय बनेका छन्। पछिल्लो वर्षहरूमा, यहाँको तापक्रममा २–३ड्ढऋ सम्मको वृद्धिको सम्भावना रहेको छ भने वर्षाका ढाँचामा अनियमितता र सुक्खा अवधिहरूको वृद्धि हुने अनुमान गरिएको छ। यसका कारण, वनस्पति र जलस्रोतमा गम्भीर असर पर्नेछ। साथै, डिफोरेस्टेसन र आगोका घटनाहरू बढ्दै गएका छन्, जसले ठूलो मात्रामा कार्बन उत्सर्जन र जैविक विविधताको ह्रास गराएको छ। एक अध्ययनले पेरुको क्विस्टोकोचा नामक वनले अबका दिनहरुमा कार्बन अवशोषण नगर्ने अवस्थामा परिणत भएको देखाएको छ । बनमा तीव्र सूर्यप्रकाशका कारण पानीको बहाब घट्न थालेको छ । यस परिवर्तनले जिवात्माको भविक्ष्य र अस्तित्व स्थायी समाप्तीको दिशातर्फ धकेल्ने हो कि भनेर वैज्ञानिकहरुले चिन्ता गर्न थालेका छन् । तर यसले उष्णकटिबंधीय अदलबदलको कारण जलवायु परिवर्तनको असर र परिवर्तनप्रति झन संवेदनशीलता देखाएको छ । बन क्षेत्रको संरक्षण र स्थायीत्वका लागि अन्तर्राष्ट्रिय सहयोग र प्रभावकारी नीति आवश्यक छ । यसले मात्र अमेजनको पारिस्थितिकी र जैविक विविधताको रक्षा गर्न सकिन्छ ।