के हो त प्रतिफलमा आधारित अनुदान परियोजना”

के हो त प्रतिफलमा आधारित अनुदान परियोजना”


 

सम्पादित कार्यहरुको मुल्याकंन गरी प्रामाणिकृत प्रतिफल (Verified  output) का आधारमा सेवा प्रवाह अनुदान उपलब्ध गराउने प्राणली विकासका विभिन्न क्षेत्रहरुमा प्रयोग भएको अवधारणा हो । नेपालका नगरपालिकाहरुमा फोहोरमैला व्यवस्थापनका लागी यो अवधारणा पहिलो पटक पाईलटिङ्गका रुपमा लागु गरिएको छ । यस “फोहोरमैला व्यवस्थापनका लागी प्रतिफलमा आधारित अनुदान परियोजना” अन्तर्गत हाल नेपालका पाँच वटा नगरपालिकाहरु (धनकुटा, तानसेन, ललितपुर, पोखरा र घोराही) मा गुणस्तरीय तथा दिगो फोहोरमैला व्यवस्थापनको पहुँचमा सुधारका लागि प्रतिफलमा आधरित अनुदान परियोजना सन्चालन गर्न ग्लोबल पार्टनरशिप फर आउटपुट बेस्ड एड का तर्फबाट विश्व बैंक र नेपाल सरकारका बिच मिति २०६९ चैत्र १२ मा अनुदन सम्झौता भएको थियो ।

परियोजनाको काम ललितपूरमा प्रभाबकारि बन्दै

यस परियोजना अन्तर्गत हाल ललितपुर महानगरपालिकाले सबै २९ वडा लाई लक्षित गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गरीरहेको ललितपूर महानगरपालिकाका वातावराण शाखा प्रमूख प्रदिप अमात्यले बताउनूभयो ।  यस परियोजनाले हाल फोहोरमैला व्यवस्थापन तथा वर्गिकारणबारे तलिम, कोम्पोस्ट बिन, डस बिनहरु वितरण गर्दै  आइरहेका छ ।

प्रतिफलमा आधारित अनूदान परियाजना किन?

१) फोहोर व्यवस्थापन र वर्गिकारण शिक्षा

२) कौसी खेती

३) कर सम्बन्धी जानकारी

४) फोहोर व्यवस्थापनमा महिला समूहहरुको दायित्व तथा भूमिका

५) फोहोर व्यवस्थापनमा वातावरण शाखाको भूमिका

६) फोहोरमैला व्यवस्थापनमा ललितपुर महनगरपालिका भूमिका तथा लगानी विश्लेशण

फोहोरमैला वर्गिकारणमा कुहिने (Biodegradable)  र नकुहिने (non-biodegradable) हरियो र रातो बिनको, प्रयोग र फोहोर बारे सुचना उपलब्ध गराँैने उदेश्य नि रहेक छ । नगल्ने फोहर मध्ये पनि प्लष्टिक बोटल (bottle), सिसी आदी अत्यादी पुनःप्रयोग गर्न सक्ने फेरी प्रयोग गर्न सकिनेछ ।

तथा गल्ने फोहोर र कोम्पोष्ट बिनको प्रयोगबाट मल बनाउने र सोही मल प्रयोगमा ल्याउन सक्छौ । मालको प्रयोग हामी घरमै कौसी खेतीका (Terrace Gardening) लागी उपयोग गर्न सक्छौँ र धेरै उत्पादन भएको खण्डमा यसलाई व्यवसायको रुपमा पनि परिवर्तन गर्न सकिन्छ । थोरै ठाउँमा पनि व्यवसठित रुपमा लगे कौसी खेतीबाट पनि एक परिवलाई पुग्निे उत्पादन गर्न सकिन्छौँ । यसले हामीले ताजा र स्वास्थ साग पात खान सक्छौ ।

हाल २०७४ साल पुष महिना भित्र यस ललितपुर महनगरपालिका अन्तर्गत “फोहोरमैला व्यवस्थापनका लागि प्रतिफलमा आधारित अनुदान परियोजना” बाट २००० भन्दा बढी घर परिवारलाई दुई दिनको तालिम सगँै सबै घरमा हरियो र रातो डष्ट बिन वितरण गरिएको छ । यसरी ललितपुर महानगरपालिका स्थानयवासीहरुले फोहोरमैला व्यवस्थापनबारे शिक्षा प्राप्त गरी प्रत्यक्ष रुपमा फोहोरमैला प्रदूषण नियन्त्रण भएको अमात्यले जानकारि दिनूभयो ।