मैले देखेको सपना २ (गद्य कविता)
मध्यरातमा पृथ्वीको उच्च ठाउँ
चिसो हावा बेगवान वायुको लहर
सगरमाथा(माउन्टएभरेस्ट) नजिकै
उज्यालो लुकेको अँध्यारोमा
उज्यालोको खोजी गर्दै
उज्यालोको आशामा रहेको छु
जहाँ पृथ्वीको एउटा भागमा मैले
पाइला टेकेको थिएँ
त्यो हिमालकै सेरोफेरो थियो
मानव निदाइरहेको बेला
पृथ्वी भरि टोलाएर हेरेँ
कतै उज्यालो दिखिनँ
त्यो अँध्यारो मध्यरातमा।
माथि माथि आस्मानमा हेरेँ
उज्याला ताराहरु चम्किरहेका थिए
म उज्लो को प्यासी
मलाई उड्न मन लाग्यो
प्रकृति देवी सँग पँखेटा मागेँ
चलाएमान प्रकृतिको उपहार
मैले आफ्नै पँखेटा पाएँ
बगवान बायुसँगै उड्दै उड्दै
आकाशगंगा मा उड्दै रहेँ
ताराहरु चम्किरहेका थिए
उज्याला उज्याला मुस्कान
छरिरहेका थिए
बिर्सिनसक्दो मेरो सुन्दर सपना
मेरो खुसी मेरो आनन्द के कल्पना गर्नु र।
दूर क्षितिजमा सूर्यलाई देखेँ
दुवै हात जोडेर दण्डवत् गरेँ
मआफैलाइ हेर्छु त
प्रकृतिले दिएका मेरा पँखेटा विशाल
मेरा बाबु बल विशाल
आखिर म पनि त प्रकृतिकै देन हुँ
मलाइ पनि त प्रकृतिले दिएको हो
म पनि त प्रकृतिकै एउटा अँश हुँ।
आकाशगंगा मा चलायमान उड्दै रहेँ
ताराको मुस्कानमा मुस्कान साट्दै रहेँ
एउटा उज्लो तारालाइ अँगालो हालेँ
आहा! कति सितल मेराबाहुभित्रकातारा
यो ब्रमाण्ड ; ज्योतिर्मय भयो
तल पृथ्वी तिर हेरे; अध्यारो थियो
मेरा बाबु बलले उज्यालो तारालाई
अँध्यारो पृथ्वीमा हुर्याएँ
उज्यालो तारा सरर्र पृथ्वीमा
हिमालको काखमा टकरक्क अडियो
पृथ्वीमा झल्झलाकार उज्यालो भयो।
त्यतिखेरै आकाशको एक भागमा
बादल मडारियो मेघ गर्ज्यो
गड्याङगुडुङ भयो; बिजुली चम्कियो
आकाशवाणी भयो ए मानव!
जहाँ तारा अडियो; त्यहाँ बाट
सन्सारभरिका लागि उर्जाप्रवाह भइरहनेछ
यो पृथ्वी यो तारा रहेसम्म
मानवजाती का लागि
उज्यालो ज्योति फैलिरहनेछ
यसै धरतीमा ज्ञानयोगी कर्मयोगी
वैज्ञानिकहरुको जन्म भइसकेको छ
यहि हिमाली काँखको धरती
ऊर्जाको शक्तिकेन्द्र हुनेछ।
लेखक; यूग लिला
प्रतिक्रिया