फोहरलाइ मोहर बनाउछन ओमराज

फोहरलाइ मोहर बनाउछन ओमराज


काठमाण्डौ । ओमराज लामा स्वरोजगारका एक उदाहरणिय पात्र हून । एक्टीभ सरसफाइ प्रालि नामक कम्पनिबाट बौद र आसपासका एरियामा फोहरमैला व्यवस्थापनको काम गर्दै आएका ओमराजले आफनो कम्पनीमार्फत समाजसेवा मात्र गरेका छैनन धेरैलाइ रोजगारको जोहो पनि गरिदिएका छन । सिन्धूपाल्चोक स्थायि घर भएका ओमराजलाई यो व्यवसायमा लाग्न आफनै साथिभाइको प्रेरणा थियो रे उनि भन्छन करिब १५ बर्षजतिको अनूभब सगांलिसकेको छू धेरै नकमाएपनि आफनो पेशासगं त खूसि छू र अधिकृतले खाने जति तलब पनि त जोगाएकै छू ।

ओमराजको मूहारमा कामको सन्तूष्टता जति झल्कीन्थ्यो त्यतिकै हैरानि र अप्ठयाराहरु पनि देखिन्थ्यो । काम गर्न कम सजिलो चाहि छैन मूख्य समस्या हामीलाइ बूझिदिने मान्छे नै छैनन हामिलाइ हामैै्र गा्रहकहरुले पनि हाम्रो यथार्थ बूझन खोज्दैनन फोहर समयमै नउठे स्थानियहरु दवाब दिन थालिहाल्छन । यो कस्तो बूद्यिमता हो,गाडि विग्रिएर हैरान परिरहन्छ न त पैसा तिर्छू भन्दा पनि जग्गा नै पाइन्छ यता सरोकारवाला निकाय पनि हामीलाइ नै अनौपचारिक ठान्छ भनेपछि कसरी काम गर्ने? अनौपचारिक हो त भन्ने प्रश्नमा ओमराजले भने हामि निजि लगानिकर्ताहरुले पचासौ हजारलाइ रोजगारि दिएका छौ अरु छोडौ यहि जनशक्तिमात्रै महानगरपलिकाले हेर्ने हो भने कति खर्च हून्छ ?