निसासिदैँ काठमाण्डौं

निसासिदैँ काठमाण्डौं


२०८० सालको जेयष्ठ महिनाको पहिलो हप्तादेखि नै काठमाडौंलाई विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा राखिएको थियो । महिनाको आठ छुट्टाछुट्टै दिनमा दैनिक औसत प्रदूषणको स्तर २ दशमलब ५ पिएम थियो यो – वायु प्रदूषणको सबैभन्दा खतरनाक अवस्था हो । देशभरको जंगलमा लागेको आगलागीबाट निस्कने धुवाँ, जुन अघिल्लो वर्षको तुलनामा ७६ दशमलब.५ प्रतिशतले बढेको थियो—बाहिरबाट निस्कने धुवाँ र (मोटर सवारी, भान्साको चुलो, उद्योगधन्दा र जलाइएका फोहोरबाट अहिले पनि काठमाडौं र शहरी क्षेत्रहरु निसासिदै गएको छ । नेपालको तराई क्षेत्रको प्रदुषण विश्व स्वास्थ्य संगठनले सिफारिस गरिएको भन्दा पनि ४ गुणा बढी छ । काठमाडौंका वायुको गुणस्तर खराब भएकै कारण लाखौं नेपालीलाई विभिन्न स्वास्थ्यको जोखिममा पारेको छ ।