रानीपोखरीमा बनेको कंक्रिट संरचना भत्काएर प्रताप मल्लकालीन शैलीमा नै पुनर्निर्माण गरिने भएको छ ।
विज्ञ समूहको बिहीबार बसेको बैठकले रानीपोखरीलाई मल्लकालीन शैलीमै बनाउनु पर्नेमा जोड दिएको छ । बैठकमा सल्लाहकारहरुलाई पनि सहभागी गराइएको थियो ।
रानीपोखरीमा सात वटा कुवा छ भन्ने गरिएको छ । धेरै पहिलेदेखि यस्तो भन्नेगरिएपनि कहाँ र कस्तो अवस्थामा छ भन्ने थाहा छैन । त्यसैले कुवा खोज्न थप उत्खनन गर्ने निर्णय पनि विज्ञ समूहले गरेको छ
।
त्यसअघि विज्ञ समूहले मंगलबार र बुधबार रानीपोखरीको उत्खनन गरेको थियो । त्यसक्रममा करिव ३ फिटमा पानी भेटिएको थियो ।
प्रतिक्रिया