काठमाण्डौ महानगरपालीकाले सिंहदरबारको फोहोर अझै पनि व्यवस्थापन गरेको छैन् । फोहोर उठाउनु र व्यवस्थापन गर्नु फरक कुरा हो । र अहिले भइरहेको अभ्यास चाहि महानगरले फाहोर व्यवस्थापन गर्दैन् । एउटा चोक बाट उठाएर अर्को चोकमा लगर डम्प गर्ने काम गरिरहेको छ । काठमाण्डौ महानगरपालीका प्रमुख बालेन्द्र शाहले स्थानिय सरकारको गुनासो सम्बोधन नगरेको भन्दै करिब ११ दिन अगाडि सामाजिक सन्जाल, फेसबुकमार्फत महानगरको असन्तुष्टीको पोको सिंहदरबारमा खन्याएका थिए । र भनेका थिए कि अब सिंहदरबारको फोहोर उठाँउदैनौ । उनको व्यक्तिगत अकाउन्टबाट महानगरको आधिकारिक धारणा आयो । उनले केहि मन्त्रालय र संघिय सरकारमाथी किटान गरेरै कारण प्रष्टयाएका थिए ।
सरोकारवालाले बालेन्द्र शाहको माग सुनुवाईगरेनन् । बरु उनीमाथी सर्वोच्चमा रिट पो पर्यो । उनको सकरात्मक प्रतिकारलाई गलत अर्थ लगाएर सामाजिक सन्जाल उत्तिकै तातियो । शहरी विकाश मन्त्रालय, खानेपानी मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय लगायतका मन्त्रालयबाट महानगरको फाइल बर्षौदेखि पेण्डिङमा राखेको र सामान्य गुनासो समेत नसुनिदिएको भन्दै महानगरप्रमुख बालेन्द्र शाहले फोहोर उठाउने कार्य बन्द गरिरहेका छन् । हुनत देशको केन्द्र भाग अर्थात शहरको शान मानिने सिंहदरबार सभ्य र स्वच्छ हुनुपर्ने हो । फोहोर थुपार्नुहुदैनथ्यो, उठाइनुपथ्र्यो । महानगरले राजनितको इगो सिंहदरबारमा देखाउनुहुन्नथ्यो । तर यसो हुनुमा महानगर मात्र दोषी छ त? अवश्य पनि छैन्। दोषी त तिनीहरु पनि छन् ।, जसले महानगरको काममा हलो अडकाएका छन् ।
जसले फोहोर व्यवस्थापनको सवाललाई बेवास्ता गरिरहेको छन् । यतिखेर सिंहदरबारमा फोहोरमैलाको भन्दा पनि राजनितीको दुर्गन्ध फैलिरहेको छ । यहि कारण हो । शहरी विकाश मन्त्रालय र भएभरका मन्त्रालय, कर्मचारी आवातजावात गर्ने भिआइपीलाई फोहोरमाथी भएको तल्लो स्त्तरको राजनितीले गिज्याइरहेको छ । फोहोरको दिर्घकालिन व्यवस्थापन नहँुदा यतिखेर सिसडोल बासीहरु फोहोरको कारण उत्पन्न हुने क्यान्सर, दम जस्ता भयानक ज्यानै लिने खालका रोगव्याधी भोगिरहेका छन् । हामीकँहा यति अव्यवस्थित ल्याण्डफिल छ कि, यो विषय हुनुपर्ने सिमाना भन्दा धेरै बाहिर छ । १५ बर्ष अगाडी आयु सकिएको ल्याण्डफिलमा लगेर महानगर लगाएत ६० वटा भन्दा बढि निजी कम्पनीहरुले फोहोर थुपार्न बाध्य छन् ।
यसभन्दा अगाडी पनि पटक पटक सिसडोल बासिन्दाले ‘काठमाण्डौ उपत्यकाको फोहोरले हाम्रो मानव बस्ती खतरामा पुग्यो’ भनेर त्यँहाका स्थानियले अबरोध गर्दा महिनौसम्म बरु काठमाण्डौ गन्हाइरहयो । कोहि एकजना जनप्रतिनिधी चुइक्क बोलेको सुनिएन् । अहिले सिंहदरबारको फोहोर रेडियो नेपालको जग्गाको एक कुनामा थुप्रने गरेको छ । फोहोर जस्तो संवेदनशिल विषयलाई राजनितिक अस्त्रको रुपमा प्रयोग गरिनू आफैमा दुख द छ । यसो हुनुको पछाडी धेरै कारण र सबै दोषी छौ । पहिलो नम्बरमा आमनागरिक हामी, दोश्रोमा सरोकारवाला निकाय, तेश्रोमा आमसन्चारमाद्यम । सिंहदरबारमा दूई चार दिन फोहोर नउठाउँदा यो विषयले सामाजिक सन्जाल मात्र तताएन् । ‘‘बालेनले सिंहदरबारको फोहोर उठाएन’’ भनेर राष्ट्रिय सन्चारमाद्यमले समेत पहिलो प्राथमिकतामा राखेर खबर सम्प्रेषण गरिरहे । किन फोहोर उठेन् । समस्याको मुल जरो कँहा छ कसैले खोजेनन् ।
काठमाण्डौ महानगरले यहि फोहोर अन्यत्र सडकबाट नउठाएको भए फोहोरका विषयले हाम्रा सन्चारमाद्यममा के यतिकै प्राथमिकता पाउथ्यो होला त? यो हेर्दा त लाग्छ आमसन्चारमाद्यमले पनि सामान्य खालको सामाजिक उत्रदायित्व पनि निभाउन सकेका छैनन् । सडक शुरक्षामा आमसन्चारले कति योगदान दिए ? वातावरण संरक्षणमा कसको भुमिका के र कति हुन्छ भन्ने कुरामा हामी चेतनशिल हुन आवश्यक छ । फोहोर व्यवस्थापन गर्ने पहिलो दायित्व हामी आमनागरिकको हो । हाम्रो फोहोर महानगरले मात्रै जिम्मा लिनुपर्छ भन्ने छैन् । त्यहि कुरा फोहोरमैला व्यवस्थापन ऐन २०६८ नियमावली २०७० मा आमनागरिकको दायित्व, फोहोर उत्पादक आफैले त्यसको न्यवस्थापन गर्नुपर्ने कुराहरु स्पष्ट लेखिएको छ । वातावरण, फोहोरमैला जस्ता सवाल त मानव स्वास्थ्य माथी प्रत्यक्ष सरोकार राख्ने विषय हो । अझ वातावरण भनेको त विश्वव्यापी मुद्धा हो । तर हामीकँहा यसलाई कम प्राथमिकतामा राखिएको छ । आमनागरिक चेतनशिल छैनन् । जसरी राजनितीक मुद्धा, मनोरन्जनका विषयहरुले पहिलो स्थान पाउँछन ।
त्यसरी फोहोरमैला मानव स्वास्थ्य, वातावरण जस्ता विषयले पहिलो स्थान पाउँदैनन् । हुनत फोहोरमैलाको विषय सिजनल रुपमा आउँछन केहि नभएको त होइन् । यतीले प्रयाप्त छैन् । नेपालीमा एउटा आहान छ । ‘‘जब पानी पर्छ तब घुम ओढने’’ । यँहा जब समस्या पर्छ तब मात्रै वातावरणको मुद्धा उठाइन्छ । यसर्थ सम्बन्धित निकायले औपचाकिता निभाउनु भन्दा बढि कष्ट नै गरेका छैनन् । समय खडेरी, अनावृष्ट्री अल्पवृष्ट्री अव्यवस्थित फोहोर, रोगव्याधी महामारी जस्ता समस्या बल्झिएका समय मात्र खानतलासी गर्ने परम्परागत पत्रकारीताबाट सन्चारजगत व्युँझिनै सकेको छैन् । विश्वले पृथ्वीको अस्तित्व नै खतरा छ है भनिरहेको बेलामा कस्तो बिडम्बना हामीलाई आफनै आगँनको फोहोरको खतरामा बाच्नुपरेको छ ।
नेपाल आफैमा सन १९९४को जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्र हो । जलवायु परिवर्तनको कारक मानिएको हरितगृह ग्यास फोहोरमैला बाट पनि उत्सर्जन हुन्छ । जसले वायुप्रदुषण गराउँछ । काठमाण्डौको फोहोरको दिर्घकालिन व्यवस्थापनको त आशै नगरौ । फोहोरले महामारी ल्याउन सक्ला फोहोर मानव स्वास्थ्य मानव सभ्यतासंग गासिएको सवाल हो भन्ने सामान्य चेतनाको अभाब छ । हामी लापारवाहि सहन्छौ । तर त्यसो होइन् । नेपालको संबिधानको धारा ३० ले प्रत्येक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गरेको छ । फाहोरमैला देशको सभ्यता नागरिकको स्वास्थ्यसंग गासिएको विषय हो । आमनागरिक कति चेतनशिल छन् । भन्ने कुरा यस्ता सार्वजनिक चासोका विषयले आकंलन गर्न सकिन्छ । आमनागरिकले आफनो हकहितका लागि प्रश्न गर्ने बानीको बिकाश ग¥यौ भने सन्चारमाद्यमले विकाश पत्रकारीतालाई पहिलो प्राथमिकता दिन आवश्यक छ । यति हुँदा सरोकारवाला निकायहरुले फेरी पनि लापारवाहि गर्ने छुट पाउँने छैनन् ।
-पार्वती खड्का
प्रतिक्रिया