जनजिवन बिगार्ने अम्लिय बर्षा

जनजिवन बिगार्ने अम्लिय बर्षा


अम्लिय बर्षाले हाम्रो अर्गानिक जनजिवनमा बिषादि फ्याकिरहेको छ । सामान्य सुनिने तर गहिरो असर पुर्याएको हुन्छ अम्लिय बर्षाले । मानव विकास र बिस्तारको पछाडि कैयौं बिनास दौडिरहेको हुन्छ । त्यस्ता थुप्रै असरमध्ये अम्लिय बर्षा पनि एक हो । जब कल -कारखानाबाट उत्सर्जन भएका ग्यास धुवाँ बनेर वायुमण्डलमा पुग्छन् तब त त्यही ग्यास वायुमण्डलमा पुगेर चिसिएपछि बर्षाको रुपमा पृथ्वीमा फिर्ता आउँछ यसैलाई हामी अम्लिय बर्षा अर्थात (Acid Rain) भन्छौ ।

अम्लिय बर्षाले पृथ्वीमा तापक्रम बढाउन सघाउछ । प्रदुषणले भुमी, खाद्य, बनस्पति प्राणी सुक्ष्म जलवायु परिवर्तन जस्ता बिषय सन्तुलन बिगार्ने काम गरिरहेको हुन्छ । उद्योग कलकारखानाबाट कार्बन, (CO2) मिथेन (CH4), नाइट्रोजन (No2) कार्बनडाईअक्साइड, क्लोरोफ्लोरोकार्वन, सल्फर, एलोराइड सल्फरडाईअक्साइड जस्ता हानिकारक ग्यास उत्सर्जन हुने गर्छ ।

यो ग्याश उद्योगधन्दा भएका विकसित सहरी क्षेत्रबाट निस्कने गर्छ । चिन,अमेरिका, भारत, रुस, जापान लगाएका मुलुकहरूबाट अनियन्त्रित रुपमा वायु प्रदुषण हुने गरेको छ ।