यतिखेर देशभर कृषकका खेतबारीको माटोको अवस्था कस्तो छ होला? हामी कृषकले यस बारेमा कहिल्यै सोच्यौँ त? बरु कृषकहरुले रासायनिक मलको हाहाकार छ भन्न छोडेका पनि छैनन् । फेरी सत्यता यो पनि हो कि कृषकहरुले समयमै मल नपाँउदा भनेजत्तिको प्रयाप्त मात्रामा उत्पादन पनि दिन सकिरहेका छैनन् । तर काभ्रेको धुलिखेल नगरपालिकाका कुइँकेल गाँउका कृषकहरुले भने मल अभाब भयो भन्ने कृषकका गुनासालाई गलत प्रमाणित गरिदिएका छन् । त्यँहाका कृषकहरुले रसायनिक मलको बदलामा अर्गानिक मल उत्पादन गरि खेतीबाट मनग्य अर्थ उपार्जन गरिरहेका छन् ।
कुइँकेल गाँउका हरेक कृषकको घरमा ‘एक घर एक पोखरी’ बन्ने क्रम बाक्लिँदो छ । गाँउमा एक घर एक पोखरीको अवधारणा सहित सिँचाइको काम अगाडि सारिएको स्थानिय कृषक जमुना अधिकारीले बताइन् ।
सिमेन्टेड सँरचनाबाट निर्माण गरिएको पोखरीबाट कृषकहरुले बर्षायामको पानी संकलन गर्ने गरेका छन् । जसबाट हिँउदभरि करिब ४ देखि पाँच महिनासम्मका लागि आकाशे पानी सन्चितीकरण हुने गरेको छ ।
यति भएपछि कृषकले करेसाबारी हराभरा बनाउन सक्यो ।
‘पोखरी बन्न थालेपछि सुख्खा र बाँझै बस्ने गरेका कृषकका करेसा बारी तरकारी र फलबिरुवाले लहलहाउन थालेको उनै जमुना अधिकारीले बताएकि छिन् ।’ हिउँद महिनामा तिते करेला, हिउँदे सिमी, टमाटर जस्ता तरकारी खेती गरिन्छ । सिमित स्रोत साधनबाट गरिएको थोरै लगानीबाट कृषकहरुले आम्दानी गर्ने गरेका छन् । गत बर्षको हिउँद महिनामा कृषक जमुना अधिकारीले ५४ बोट करेलाबाट ९० हजार आम्दानी गरेको बताइन् । उनले खुसि हुँदै भनिन् कि ‘उक्त पैसाले मैले घर बनाए ।’
जमुना जस्तै अरु कृषकहरुले पनि इसिमुड र सेप्रड नामक संघ संस्थाबाट सहयोग तथा परामर्शमा बिरुवालाई चाहिने अर्गानिक झोल मल र गडयौले मल घरमै उत्पादन गर्ने गरेका रहेछन् । झोल मल आधुनिक प्रबिधिबाट बिरुवामा छर्किने गरिन्छ । जसले बिरुवामा लाग्ने पुतली र अन्य किराहरुबाट बिरुवालाई संरक्षण गर्न मद्धत गर्छ । त्यस्तैगरि अर्गानिक गडयौले मल पनि रसायनिक मल जस्तैगरि बिरुवाको फेदमा राखिदिनाले बिरुवाको बृद्धी र बिकाशमा मद्धत पुग्दछ ।
कुइँकेल गाँउमा खानेपानी बाहेक सिँचाइका लागि पानीको कुनै पनि विकल्प नै छैन् । जमुना सम्झिन्छन ‘सुरु सुरुमा जमिन सुख्खा हुने गर्थे र गृहणीहरु श्रीमान संग परनिर्भर थिए ।’ ‘अहिले कुइँकेल गाँउका महिलाहरु आफैले लगाएको तरकारी बेचेर आर्थिक रुपमा सबल छन् ।’ जमुना अधिकारीले भनिन् । कुइँकेल गाँउमा उत्पादन भएको तरकारी काभ्रेको भकुण्डे र आसपासका बजारमा खपत हुने गरेको जमुना अधिकारी बताइन् । कुइकेल गाँउमा उत्पादन भएको तरकारीले खासै बजार पाउँन भने सकेको रहेनछ ।
त्यँहाका तरकारी छिटफुट रुपमा घरमै बिक्रि हुन्छन् भने प्रायजसो तरकारी चाँहि बोकेरै बजार सम्म लैजानु परेको जमुना अधिकारी बताउछिन् । बाटोको सुबिधा भएता पनि समयमै यातायात नभेँटिदा करिब आधा पौने घण्टा हिनेर बजारसम्म तरकारी बेच्न आइपुग्ने गरेको कृषक जमुना अधिकारीले बताएकी छिन् । रासायनिक मलको मुख ताकेर बस्नुको सटटामा यसरी स्थानिय स्रोत र साधनको सदुपयोग गर्न सके हामीले पनि कुइँकेल गाँउका कृषक जमुना अधिकारीहरुले जत्तिकै अर्गानिक उत्पादन गरेर अर्थउपार्जन गर्न सक्छौ । रसायनिक मलको झन्झट र कम लागतविना अर्गानिक उत्पादन गरि स्वास्थ्यवद्र्धक खानेकुरा फलाउन तँपाइहामी पनि सक्षम छौँ । कृषीमा भएको सकरात्मक प्रयासको लागि जमुना दिदि र कुइँकेल गााउँका कृषकहरु सबैप्रति ग्रिनसिटी पोष्ट हार्दिक आभार व्यक्त गर्दछौँ ।
प्रतिक्रिया