ओम चाबहिल डेन्टलले पशुपतीमा दँन्त स्वास्थ्य शिविर राख्यो, एक हजारले पाए निशुल्क उपचार

ओम चाबहिल डेन्टलले पशुपतीमा दँन्त स्वास्थ्य शिविर राख्यो, एक हजारले पाए निशुल्क उपचार

Parbati


आज महाशिबरात्री पर्वको पुन्य दिन हो । यहि पुन्य तिथीमा ओम चाबहिल डेन्टलले पवित्र पाशुपत क्षेत्रबाट एक दिने निशुल्क दँन्त स्वास्थ्य शिविर राखेको छ । महाशिवरात्रीको अवसरमा दर्शन गर्न आएका तिर्थालु भक्तजनहरुलाई सेवा गर्ने उदेश्यले शिविर सन्चालन गरेको संस्थाका सन्चालक कृष्ण घिमिरेले जानकारी दिए । उक्त शिविरमा अहिलेसम्म एक हजार जनाले दँन्त परिक्षण गराइसकेको सन्चालक घिमिरेले बताएका छन् । ओम चाबहिल डेन्टलको मुख्य कार्यलय चावहिल चोकमा रहेको छ भने यसको शाखा कार्यलय कोटेश्वरको प्रहरी विट संगै गाँसिएको छ । ओम चाबहिल डेन्टलले अहिले दाँतका बिरामीहरुलाई बिस प्रतिशत छुटमा र बिरामीको आर्थिक हैसियत र परिस्थिती हेरि निशुल्क रुपमा पनि उपचार गराउदैँ आएको अर्का सन्चालक अनिल कुमार शर्माले जानकारी दिए । ओम चाबहिल डेन्टलले बेलाबखत बिरामीहरुका लागि शिविर सन्चालन गरेर प्रत्यक्ष रुपमा सहयोग र सेवा प्रदान गर्दै आएको सन्चालक शर्माले बताए ।