काठमाण्डौं महानगरपालिकाको एघार वडाका अधिकाशं विद्यालयमा बाह्र बर्षदेखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुलाई केहि दिनमा फाइजर खोप दिने तयारी शुरु भएको छ ।
फाइजर खोप १२ बर्षदेखि १७ वर्ष सम्मका बालबालिकाकालाई लक्षित गरिएको काठमाण्डौ महानगरपालिकाका वडाअध्यक्ष हिरालाल तण्डुकारले बताए ।
यो खोप कति शुरक्षित छ भन्ने बारेमा डब्लु एच ओ संग कुनै तंथ्याकं नै छैन् । त्यसकारण १२ वर्ष मुनिका बालबालिकाहरूलाई यो खोप लगाउन नहुने स्वास्थयविदहरुको भनाई छ ।
डब्लुएचओले १२ देखि १५ बर्ष सम्मका बालबालिकाहरुका लागि मात्रै पाmइजर खोप सिफारिस गरेको छ । यो खोप सिमित व्यक्तिहरुले सर्तकतापुर्वक प्रयोग नगरिए खतरापुर्ण रहेको छ । यसलाई माइनस डिग्रिको तापक्रममा राख्नुपर्ने काठमाण्डौ महानगरपालिकाका ११ वडाका जनस्वास्थ्यप्रमुख मेघराज भुजेलले जानकारी दिएका छन् । खोप लगाएको पहिलो डोजको १२ दिनपछि सुरक्षित हुनसक्छ । पूर्ण सुरक्षाका लागि दुई डोज आवश्यक हुन्छ । पहिलो खोप लगाएको २१ देखि २८ दिनको अन्तरालमा प्रयोग गर्न प्रयोगकर्ताहरुलाई डब्लु एचओले सुझाब दिएको छ ।
यो खोप पहिलाको जस्तो छिटै र सजिलै लगाउन नसकिने खोपकर्ताहरुले बताएका छन् । फाइजर खोपलाई माइनस डिग्रि तापक्रममा राखेर बिस्तारै हल्लाएर सन्तुलन मिलाएर मात्र लगाउनुपर्ने हुन्छ । जसले गर्दा खोप लगाउन पहिलाको तुलनात्मक रुपमा केहि समय लाग्न सक्छ । भ्याक्सीन राखिएको ठांउमा भिडभाड गर्ने र हिटर बाल्ने तातो ठाँउमा राख्ने गर्नुहुदैँन् । उपयुक्त भण्डारणबाट झिकिसकेपछि तुरुन्त प्रयोग गरिसक्नुपर्ने भएकाले खोपको बारेमा प्रयोगकर्ताहरु आफै पनि जानकार हुनुपर्ने अध्यक्ष तण्डुकारले बताए ।
खोप लगाएको १२ देखि पन्ध्र मिन्टसम्ममा प्रभाब देखिन सक्ने हुन सक्ने स्वास्थ्यविदहरुले बताएका छन् ।
प्रतिक्रिया