स्वास्थ्य र सुरक्षाको लभ परे वातावरण प्रेमी सन्तान जन्मछ

स्वास्थ्य र सुरक्षाको लभ परे वातावरण प्रेमी सन्तान जन्मछ


चक्रपथ सरसफाई महाअभियानको आज पुष १ गते ३६ औ हप्ता पुरा भएको छ । आज शनिवार आयोजित चक्रपथ सफाई अभियानका अभियान्ताहरुले स्वास्थ्य र सुरक्षा वीच लभ परे वातावरण प्रेमी सन्तान जन्मने ठट्यौलो तर यथार्थ परक अभिव्यक्ति व्यक्त गरेका छन् ।

आजको यस हप्तामा काठमाडौ महानगरपालिका, हिमालयन वातावरण संरक्षण केन्द्र, नेप्सेम्याक, वातावरण गैरसरकारी संस्था महासंघ , नेपाल प्रहरी , सशस्त्र प्रहरीवल, नेपाली सेना साथै अफ्रिकी नागरिक मिष्टर इरिक लगायतका विभिन्न संघसंस्था र सरोकारवालाहरु गरि करीव पाँचसय जना भन्दा वढीको सहभागीतामा भएको सो सफाई अभियानमा १५ टन जति फोहोर संकलन गरि व्यवस्थापन गरिएको छ । ग्रीनसिटी हष्पिटलका अध्यक्ष लोक वहादुर टण्डनको संयोजकत्वमा गत वैशाख २ गतेवाट सञ्चालन हुँदै आएको यस अभियानको ३६औं हप्तामा आज चक्रपथको महाराजगञ्ज र चावहिल सडक खण्डको भाटभटेनी क्षेत्र वरपर सफाई गरिएको छ । सो सफाई कार्यक्रमको समापन समारोहमा हास्य कलाकार तथा अभियान्ता अर्जुन घिमिरे पाँडेले कार्यक्रम सञ्चालन गर्दै सो कुरा वताएका हुन् सदुपयोग गर्न जाने कुनै पनि कुरा खेर जाँदैनन् भन्ने कुराको उदाहरण प्रस्तुत गर्दै हिरादेवी आचार्यले प्लाष्टिकका टुक्राहरुवाट टोपी वुन्नु भएको छ ।

चक्रपथ सफाई अभियानका अभियान्ताहरु द्वारा संकलन गरिएको गुट्खा तथा सुर्तिजन्य पदार्थ र प्लाष्टिकका टुक्राहरुवाट टोपी निर्माण गरिएको छ । नमूनाको रुपमा वुनिएको उक्त टोपी अभियानका संयोजक टण्डनलाई हस्तान्तरण समेत गरिएको छ । सफाइ अभियानमा उत्कृष्ट सहभागिता जनाए वापत नेपाल प्रहरी र सशस्त्र प्रहरी वल र नेपाली सेनाका हवल्दारहरु तीन जनालाई पुरस्कृत गरिएको थियो ।