असल सर र मिस

असल सर र मिस


‘कसैको त नामको अर्थसगं उसको कामले यति गहिरो अर्थ राख्दो रहेछ कि कूरै नगरौ । ‘सूर्यले सबैलाइ समान ताप दिन सक्ने भएरै होला ।’सायदै सुर्यको नाम पनि सूर्य राखिएको । ‘राजधानी काठमाण्डौ बाट आरम्भ गरिएको भर्ना अभियानको मौलाउदो प्रचार शहर हूंदैं गाउंसम्म छिरेको छ । पढाइबाट कैयन वेवारिसे बालबालिकालाइ टपक्क टिपेर आफनो विद्यालयमा भर्ना गर्छन सूर्य राई, त्यो पनि उस्तै अवस्था आइपरे फ्रि अफ कस्टमै ।
यस्तै,यस्तै उनको भर्ना अभियानले त २० औ वसन्त पो पार गरिसकेछ । भनिन्छ नि शिक्षा नै मानव विकाशको मेरुदण्ड हो यहि प्रसगंका एउटा गतिला उदाहरण हून एक दम्पति सूर्य राइ र अनू डगोंल शिक्षाको क्षेत्रमा यो दम्पतिले गरेको समाजसेवा र मेहनत देख्दा कसको मनमा भारि उर्जा पलाउदैन होला र ???
सूर्य राइ यस्ता पात्र हून जसले २ वटा विद्यालय सन्चालन गर्छन । मन्टेश्वरिको तालिमप्राप्त र ग्य्राजूयसन गरेकि अनू डगोंल अहिले धापासिमा रहेको एन्जल मन्टेश्वरि हाकिरहेकि छिन ।

महिलाले चाहे के गर्न सक्दैनन र ? असल श्रीमानको सहयोगले करिब ७५ जना नानिबाबूहरुको प्यारी गूरुआमा अनू हून भने वागवजारमा रहेको ड्रिमल्याण्ड पब्लिक स्कूलको हेड सर चाहि उनकै श्रीमान सूर्य राइ हून । कक्षा १० सम्मको अध्ययन हूने यस विद्यालय आर्थिक हिसाबमा खासै उकासिएन अरे तर पनि हर्षित मूद्रामा उनले भने “मैले बेला बेलामा सिकाएका बच्चाहरु म अस्पताल जादां डक्टर नर्स भाको फेला पारेको छू । पूलिसमा अफिसर, इन्जीनियर पो छैनन कि के छैनन भन्नूस न”?
यसरी आफना विद्यार्थी बजारमा विक्री भएको देख्दा उनलाइ यो लाग्छ कि २० वर्ष लगाएर कमाएको अथवा जोहो गरेको सम्पती भनेकै यिनै त हून नि । लाहूरे खान्दानीको पूर्वेलि राइ इन्डियाको महाराष्ट्रमा जन्मीएर त्यहि प्राइमरि शिक्षा पढे विस्तारै दार्जिलिड्ढबाट माद्यमिक तहको अध्ययन पूरा गरेपछि इन्डियाकै नर्थ व्याङ्गल यूनिभर्सिटिबाट पोस्ट ग्य्राजूएसन सकेका उनि “जागिरे हूने धोको बोकेर काठमाण्डौं छिरेका थिए । सूर्य राइले असल अभिभाबक बनेर आफनो कर्मले कैयौ बालबालिकाको भाग्य त कोरिरहेका छन नै अझ कलिला बालामष्तिकमा मायांको खानि र प्रेरणाको श्रोत बन्न सक्ने यस्ता आटिला सूर्यहरु कमै होलान । सूर्य राइ र अनू डगोलको मेहनतलाइ हाम्रो पनि सलाम छ ।