ग्रिनसिटी पोष्ट संवादाता । काठमाण्डौ । कोरोना भाइसरको दोश्रो लहरले दक्षिण एसियामै माल्दिभ्समा मृत्युदर उच्च छ । माल्दिभ्समा कोरोना संक्रमितको मृत्युदर ३५० प्रतिशतका दरले बढेको देखाएको छ । कोरोना भाइरसको घटबढको रेकर्ड राखेको वल्डोमिटरले देखाएको उक्त तथ्याकंअनुसार नेपालमा यो साता ९१ प्रतिशतले मृत्युदर बढेको देखाएको भने संक्रमणदर ९१ प्रतिशतले बढेको देखाएको छ गएको तिन दिन अगाडि नेपाल दक्षिण एसियाको पहिलो नम्बरमा थियो । भारतमा संक्रमणदर ७ प्रतिशतले बढेको देखाएको छ भने संक्रमणदर १९ प्रतिशतमा झरेको छ । बेलायतमा पनि संक्रमणदर ७ प्रतिशतमा छ । भने मृत्युदर पनि ३९ प्रतिशतले घटेको छ । अमेरिकामा संक्रमणदर १७ प्रतिशतले घटेको छ भने मृयुदर ५ प्रतिशतले घटेको देखिएको छ ।
प्रतिक्रिया