फोहोरमैला व्यवस्थापन संघले केक काटेर स्थापनाकालको छैंठौ वर्षगांठ मनाएको छ । आइतबार गौशालाको अनुपम पार्टिप्यालेसमा काठमाडौं महानगरका उपमेयर हरी प्रभा खडगी र फोहोरमैलाको क्षेत्रमा आबद्ध सम्पुर्ण संघ संस्थाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा फोहोरमैलाव्यवस्थापन संघका अध्यक्ष धुब्र आचार्यले फोहोर व्यवसायिहरुको हक हितका लागि संघले थप कार्यक्रम ल्याउने बताएका छन् । संघका कोषाध्यक्ष बबरमान तामाङले वार्षिक आर्थिक विवरणहरु सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा वर्षभरी उत्कृष्ट काम गर्ने कम्पनी तार्केश्वर सरसफाइ प्रालीका सन्चालक केदार खत्रीलाई सम्मान गरेको छ ।
प्रतिक्रिया