पत्रकारलाइ के ले बचाउछ?

पत्रकारलाइ के ले बचाउछ?


आरे–आरे राराको विज्ञापनको धुन अहिले पनि सम्झिदा कती मिठो लाग्छ । म सानै छदा घरमा खूब रेडियो नेपाल टयुनिगं हुने गर्थ्यो । त्यहि रेडियो नेपालमा सुनेको आरे–आरे रारा त्यति पुरै याद त छैन तर तँपाइ हामी भन्दा अघिल्लो पुस्ता जति सबैलाई राराले विज्ञापन सुनाएको थियो र त हामीलाई अहिले पनि बजारमा रारा पाइन्छ भन्ने थाहा छ त नत्र कसरि थाहा हुनु र ? उतिबेला रारा चाउचाउले मिडियालाई खुबै आफ्नो मसलाको स्वाद चखाएछ । ति अग्रजपत्रकारहरुले अहिले केश पकाइसेकेका छन । पेन्सन होइन । एउटा् प्रश्न ल भन्नुस त तँपाइको घरमा साना नानी-बाबुलाई चाउ-चाउ किन्न पठाउदा किन वाई-वाई ल्याउछन होला? आटा भन्नेवितिक्कै किन हाम्रो दिमागमा हुलास मात्र आउछ होला ? अथवा घरमा पाहुना धेरै आए भने किन कुष्णणभोग चामल सम्झिन्छौ हामी ? त्यस्तै पसले साहुजीलाई चाउ चाउ दिनुस न भन्दा साहुजीले वाइ–वाईको प्याकेट झिकेर किन देखाए होलान् ? अनि आर्काे कूरा देश बनाउने जगदम्बा सिमेन्टले हो त ? यसको पछाडि एउटै मात्र उत्तर छ ब्राण्ड । अनि तँपाइलाई अर्काे कुरा पनि थाहा छ? कोकाकोलाले किन हरबार नछुटाइ जाडोमा पनि विज्ञापन गर्छ । के उसको व्यापार नभएर होला त ? अह पटक्कै होइन । उसले त आफनो ब्राण्ड इमेज विस्तार गर्न विज्ञापन गरेको हो । दशौ पचासौ बर्ष पछाडिको उसको इरोरलाई सेक्युर गरेको हो । रारालाई अहिले वाई–वाईले पाखा लगाइदिएको छ । वाइ–वाईको तुलनामा राराको ब्रान्ड निम्सरो छ भन्दा पनि हुन्छ । ब्राण्ड हामी जोकोहिलाई चाहिन्छ चाहे मान्छे होस या बस्तु होस बस्तुको बा्रण्डले व्यापारीक भविष्य सेक्युर गरिदिन्छ भने मान्छेको ब्राण्डले उसको परिचय स्थापित गराउछ । बजारलाई गुणस्त्तरले होइन ब्राण्डले किनेको हुन्छ । मिडियाको विज्ञापले समान होइन सपना बेच्छन । जस्तै वाइ वाई खाए मोटाइन्छ बलियो घर जगदम्बाले बनाइदिने । वास्तबमा मिडियालाई प्रयोग गरेर बनाएको ब्रान्डले ब्यापारिहरुको ब्यापारको घरजम गराएको हुन्छ तर त्यहि मिडियाका गहनाहरु पत्रकार चाहि सधै पिडित छन । सधै एक्लो छन । पत्रकारलाई के ले मारिरहेको छ र मिडिया किन बेबारिसे बनिरहेका छन त कारण त धेरै होलान तर थोरै कारण लेखेको छू ।
कारण नम्बर-१ ब्यवसायिक अभ्यासको कमि
नेपाली मिडियाले विज्ञापनको बजार पाएकै छैन । करौडौ लगानि गरेर साढेको शैलिमा एकाध नाम चलेका मिडिया बाहेकले अहिले विज्ञापन सजिलै पाउदैनन मुस्किल छ । ४ महिनाको लकडाउनमा कैयौ पत्रकारको जागिर खोसियो । अरु मिडियालाई ब्याक डान्सर र आफुलाई हिरो ठान्ने कान्तीपुर जस्तो मिडियाले पनि आफना कर्मचारिलाई रातारात बेवारिसे बनाइदियो । मास कम्युनिकेशन पढदा एक जना सरले भन्नुभएको थियो पत्रकार संसारमा जता पनि गरिब हुन्छन । मैले पनि कैयौपटक मेरो गोजि रित्तिदा हाम्रो जातै यस्तै हो भनेर चित्त बुझाएको छु । सबै मिडिया व्यवसायिक छैनन ।मिडियाका नाममा थुप्रै लुट भएको छ । एउटा झोला र एउटा स्मार्टफोनले अहिले जोकसैलाई सजिलै पत्रकार बनाइदिन्छ । एकपटक डाक्टर सग अन्तर्वार्ताको लागी एउटा अस्पतालमा पूगेको थिए । ति डाक्टरले मलाइ समय दिन मानिरहेका थिएनन । सायद उनलाई पत्रकार भन्दा पनि गैर पत्रकारले हैरान पारेछन क्यारे । भेट्न जादा शुरुमै भनेका थिए कतार जान भन्दा पत्रकार हून सजिलो छ पार्वती जी । मेरो वँहासंग अहिले पनि राम्रो दोस्ती छ । बिकास भनेको चेतना हो । हाम्रो जस्तो अविकसित मुलुकका नागरिक सबै कुरामा सुसूचित छैनन । को गलत को सहि छुटयाउन सक्ने चेतना पनि हुदैन । युटुबरले अहिले पत्रकारिता गरेको नाममा मज्जासंग डलरको खेति सपारिरहेका छन । युटुबरले विना दर्ता, विना सुचना विभागको कार्ड म पत्रकार हु भनिदिदै अन्तर्वार्ता लिन्छ । अन्तरर्वार्ता दिनेले पनि पत्रकार भनेर दिन्छ । ति नक्कली पत्रकारहरुले सामाजिक बैमनस्यता खलबल्याउने काम गरिरहेको उदाहरण तात्तै छ । अलि अगाडी युटुवरले एक जना महिलालाई लम्किझम्कि गरेर अन्तर्वार्ता लिएको भरमा उस्को भिउज टेन्डरिङ्ग नम्बर तिनमा आयो । यस्ता युटुबकारिताको म अब के दोहोर्याइरहु जे होस यो बेला युटुबेहरुको पसल मज्जाले चलेको छ । उनीहरुको दूकानमा असनको भिड छ । केहि राम्रो काम बाहेक पत्रकारिताको मर्यादा र एथिक्स बाहिर रहेर पत्रकारिता गरेको भनेर ग्राहक झुक्याइरहेका छन । यसलाई त नाफाखोरि र व्यापार भनिदिए हुन्छ । पत्रकारिता गर्छु र म पत्रकार हु भन्ने जमातभित्र विकृती मौलायो अनि बजारले मिडियालाई पत्याउन छोडयो । अझ सजिलो शब्दमा भनौ स्वस्थ पत्रकारहरु सस्ता भए । पहिले रेडियो नेपालको जवानामा विज्ञापनदाताहरु मिडियाको ढोका ढकढक्याउन जान्थे । अहिले समय बदलियो नियम र सिदान्त जानेका पत्रकार र तिनको मिडियाहरु आइसियुमा घिटघिटो मात्र छ । वास्तविक मिडियाहरु छांयामा परे । २०४६ को राजनैतिक परिवर्तनले संख्यात्मक हिसाबमा मिडिया ह्वात्तै बढायो तर गुणात्मक नतिजा छैन । अहिले न्यु मिडियाले सामाजिक विषयलाई अन्र्तक्रियात्मक बनाएको छ । एकात्मक शैलि तोडेको छ तर अस्वस्थ तरिकाले विकाश भएको छ । त्यसकारण बिसौ बर्ष काम गरेका पत्रकारहरु भोक भोकै पत्रकार महासंघको ढोकामा न्याय माग्न बाध्य छन् ।
कारण नम्बर २ विज्ञापनको बारेमा अध्ययनको कमि
पत्रकारिताका आदरणीय गुरु लालदेउसा राईले introducing advertising पुस्तकमा कुनै पनि व्यवसाय हुर्काउनका लागि पहिलो अध्ययन जरुरि छ भनेका छन । पुस्तकमा अध्ययन योजना कार्यान्वयन मुल्यान्कन जस्ता काम अपरिहार्य छ भनिएको छ । हामिकहा त मिडियाका मालिक स्वयमलाई थाहा छैन कि विज्ञापन के-का लागि गरिन्छ भन्ने कुरा । मेरो अनुभवमा कतिपय ठाँउमा यस्ता ब्यापारिहरु भेटेको कि मैले एक हप्ता विज्ञापन दिए भने मेरो कती लाख नाफा होला? म वँहाहरुलाई कार्यलयमा कन्भिन्स गराउन जांदा कति जोर जूत्ता फाटे फाटे । फाट्टफुट्ट कसैले कुरा बुझेर सल्लाह माग्नुहुन्छ । एकजना पत्रकार महासंघका भुतपुर्व पदाधिकारिले विज्ञापन–पत्र लेखेको देखेको थिए । त्यसमा विषयमा लेखिएको थियो कि विषय रकम सहयोग गरिदिने बारेमा । मैले त्यो व्यहोरा देखेर चन्दा अशुलि शैलिलाई सम्झे ।
मैले थाहा पाउने गरि पहिलोपटक काठमाडौं आउदा सडकको दाँयाबाँया स्पष्ट रुपमा इण्डीयन कलाकारले अभिनय गरेको होर्डिगंबोर्ड देखेको थिए । अहिले म आफुसंग पनि मिडिया मार्केटिगंमा काम गरेको धेर–थोर अनुभब छ ।
कारण नम्बर ३ अस्वस्थ बजार
बजारमा विज्ञापन गर्याे भने मेरो व्यापार बढछ मलाई फाइदा हुन्छ भन्ने मानसिकता नभएको व्यापारीहरु पचासि प्रतिशत भेटेको छु । सयमा एक प्रतिशतले मात्र विज्ञापन सहजै बोलाएर दिनुहुन्छ । काठमाण्डौको एउटा नगरपालिकामा मैले ग्रिन सिटि पोष्टको अबधारणा बताएर साँझेदारि गरौ न भनेर मौखिक प्रस्ताब राखेको थिए । मेयर साब अघिल्लो दिन त मेरो कुराले फुरुगं हुदै भनेका थिए । तँपाइको कन्सेप्ट र नाम मन पर्याे । तँपाइलाई स्वागत छ भनेर मलाई हौस्याएका थिए तर अर्काै पटक तिनै मेयरले बोलाएर जादा अरु आसेपासे रोखेर बैठके शैलिमा मलाई उनैको आशेपाशेको माझमा बसेर भनेका थिए, तँपाइसंग किन हामीले काम गर्ने न तँपाई राजनितिक च्यालनबाट आउनुभयो न त यँहाको स्थानिय नै पर्नूभयो । यति भनेर मेयर साब टकटकिन थाले । नदिने भए दिन्न भन्नुस भनेर म पनि बाहिरिए । कतिपय ठांउमा विज्ञापन शब्द सुनाउनेबितिक्कै हामीलाइ माग्नेको शैलिमा टिरिट गर्दिनुहुन्छ । करोडौको कारोबार गर्नेलाई आफनो कम्पनिको ब्रान्डको कुनै मतलब नै छैन । यो कस्तो मानसिकता होला ? अन्तरास्ट्रिय बजारको मापदण्ड अनुसार व्यवसाय गर्दा व्यवसायिले विज्ञापनमा कम्तिमा चालिस प्रतिशत खर्च गर्नैपर्ने लगाम लगाइदिएको हुन्छ । इण्डियामा अमिताभ बच्चनले हाजमोलाको विज्ञापनमा खेलेको छ भने उसले अरु ब्राण्डको हाजमोला खाए भने उसलाई कारवाहि गरिने व्यवस्था छ तर नेपालमा न विज्ञापन दातालाई यसको मतलब न त विज्ञापन लिनेलाई नै चासो छ यँहा विज्ञापन दाताहरुले पनि त केवल सस्तो प्रचारको लागि र थोरै नाफा कमाउन सकिन्छ कि भन्ने हिसाबमा मात्र बलजफति र कर बलमा विज्ञापनमा खर्च गर्छन । अझ भनौ विज्ञापनमा खर्च गर्दा मिडियालाई भिख दिए जस्तो गर्ने प्रबृती छ । अनि मिडियाका अनरहरुले पनि विज्ञापनको महत्व बुझाएर काम गर्ने हैसियत राखेको पनि पाइदैन । हालसालै बगंलादेशको एक प्रोडक्टमा म डिल गर्न गएको थिए । उँहाहरुले मेरो अनलाइनको एलेक्सा र्याङकिङ सोध्नुभयो । मैले सिधै एलेक्सा व्यापार हो नपत्याउनुस भनेर आए । एक महिना अगाडि सूचना विभागको नवीकरण गर्न जादा आगनमा लाइन थियो । एकजना अग्रज दाजुसँग भेट भयाे । ति दाजुले भन्दै थिए बहिनी विज्ञापन उठाउन सोझो पाराले नजानु मुख छोडनुपर्छ, थर्काउनुपर्छ उस्तै परे फल्यास गरिदिने हो अनिमात्र दिन्छन । ति दाजुको सुझाबलाई मेरो स्वभाबले पटक्कै कार्यन्वायन गर्न दिदैन । मजस्ता इमानको माया गर्नेले मेरो पत्रकारीता कसरि बचाउन सकूला? कसले बचाउछ पत्रकारलाई? तर म यति चाहि भन्छु मिडिया आगो हो आगोसंग नजिस्किनुहोस आगोलाई नहेप्नुहोस तँपाइ आफै सल्किएर सक्किनुहोला होसियार!
-पार्वती खड्का