यदि डब्लुएचओले झुक्कियछौ भन्दै माफि मागे के गर्ने सरकार ?

यदि डब्लुएचओले झुक्कियछौ भन्दै माफि मागे के गर्ने सरकार ?


सुरुमा कोरोना शब्द सुन्दा डर लागेको थियो । सबैको हल्लै-हल्लाले मेरो मुटु हल्लायो । म सहरको डेरा छोडेर गाउँमा गए । घर पुगेको केहि दिनपछि म बिरामी परेर काठमाडौं आउनु थियो । काठमाडौं आउँदा घरधनि र छिमेकिहरुले कोरोना सल्काउन आएजसरि हेयभाव देखाएका थिए । मलाइ लाग्यो कोरोनाले सामाजिक दुरि होइन भावनात्मक दुरि बढाएछ । उपचार पछि घर फर्के । तिन महिना गाउमा बितिसक्दा पनि कोरोनाको सरगर्मि हराएन । तिन महिनापछि म फेरि शहर आए । सहरियाहरु स्यानिटाइजरको बिधि र नियमको चौघारोभित्र बन्द थिए । मेरो पेशा पत्रकारिता मेरो काम नै भेटघाट र बोलचालिमा हुन्छ । मेरो काम कोठामै बसेर लेख्नु मात्रै हुदैन । कोठा बाहिरको सन्सार देखेर लेख्नु पनि हो । अहिले मेरो ल्यापटप बिग्रेको छ । ल्यापटप बनाउन जान पाइएको छैन । ल्यापटप हामि पत्रकारको हतियार हो । हतियार नभएको सिपाही के काम ? हामिलाई बिनाकारण घर बाहिर निस्कन मनाहि छ । कतैबाट सुको आम्दानि पनि छैन । यतिबेला धेर-थोर पोहोर-परार कमाएको पनि सक्किहाल्यो । नढाटि भन्दा सरसापटिले िजन्दगि चलेको छ । अहिले मलाइ कोरोनाको कति-पनि पिर छैन मात्र छाक टार्न पाए पुग्छ । मजस्ता धेरै मजदुरको कथा मेरो भन्दा पनि दर्दनाक होला । म त सहरमा खान नपाए गाउँ जाउला तर गाउँ नहुनेले कहाँ जालान ? नेपालमा एक जनाले मजदुरि गरेर पाँच जना बाचेका छन । आपङता भएका अशहायहरुको पिडा त बेहिसाब छन । मेरो अर्को जिज्ञाशा मानौ खानै नपाएर यतिखेर म मरे भने मेरो रिपोर्ट कोरोना पोजेटिभ अथवा नेगेटिभ के आउला सरकार ? गरिबि र अभावले हरेकको मनभित्र पहिरो भत्काएर गएको छ । आत्महत्याको दर बढाएको छ ।
बिना विकल्पको निशेधाज्ञा जायज लागेन । जनताको त बिचल्ली छदैछ । देशको अर्थतन्त्र पनि लथालिङ्ग छ । कोरोनाले मान्छे मर्दैन भन्ने कुरामा म पक्का-पक्कि छु । विश्वबिख्यात आणबिक जीवविज्ञान विशेषज्ञ डा.एन्ड्र्यु क्याफम्यानले कोरोनाले मान्छे मार्न सक्छ भन्ने कुनै वैज्ञानिक तथ्य नै नभएको बताएका छन । स्विजरल्याड, युक्रेन, स्पेन जस्ता थुप्रै मुलुकमा मास्क स्यानिटाइजर र कोरोना भ्याक्सिनको बिरोधमा प्रदर्शन भइरहेको छ । अमेरिका लगाएतका केहि देशहरूले त डब्लुएचओको बहिष्कार गर्दै आएका छन । तान्जेनियामा भेडा बाख्रा र बिरालोमा कोरोना परिक्षण गर्दा कोरोना संकेत देखा परेपछि तान्जेनियाले पनि कोरोना भाइरसको बहिस्कार गरेको छ । आजकाल मान्छे कोरोनासग डराउदैनन यदि डराएका छन भने अभाव
र भोकमरिसग डराएका छन । खान नपाएर मरिन्छ कि भन्ने डर छ । यस्तो बेला स्वास्थ्य मन्त्रालयका प्रबक्ता लकडाउन उल्लघन गर्छु भन्ने लाइ थुनामा राख्ने अभिव्यक्ति दिनुहुन्छ । यो सुन्दा अचम्म लाग्यो । के जुन निकायले पनि मनोमानि थुन्न जनता भेडा बाख्रा हुन र? मलाई कोरोना अफवाह लाग्छ भन्न पाइन्छ किनकि मलाई मेरो सबिधानले अभिव्यक्ति स्वन्त्रताको अधिकार दिेएको छ भने म किन बोल्न पाउदिन ?

डब्लूएचओले कुनै बेला हामि भ्रममा रहेछौ माफ गर्नुहोस् भनेर माफि माग्यो भने चाहि के गर्ने सरकार ? म निर्धक्क छु यो कोरोना होइन । कोरोना आतंक हो । नेपालमा यदि हैजा लागेकाे हुन्थ्यो भने यतिखेरसम्म लाखौ मान्छे मरिसक्थे यसरि छ महिनामा जम्मा एक दर्जन मात्रै मर्दैनन थिए । यो कोरोना भन्ने रोग हो भने हैजा जतिको पनि डरलाग्दो रहेनछ अब किन डराउने ?
-पार्वती खड्का