काठमाण्डौ महानगरपालिकाले फोहोर श्रोतमै छुटयाउने योजना सार्वजनिक गरेको छ । २०७७-७८ को निति तथा कार्यक्रममा अबदेखि स्रोतमै फोहर छुट्याएर संकलन गर्ने प्रणाली लागु गर्ने कुरा उल्लेख गरिएको छ । घरबाट निस्कने कुहिने फोहोरलाई कम्पोष्टमल बनाई व्यबस्थापन गर्न नगरवासिलाई प्रेरित गरिनेछ । फोहोरको प्रशोधन र पुनःप्रयोग गर्ने तथा फोहोरबाट नयाँ वस्तु उत्पादन क्षेत्रमा काम गरिरहेका सामुदायिक संस्था, निजी, गैर सरकारी संस्थासंग सहकार्य गरिने कुरा पनि उल्लेख गरिएको छ, साथै महानगरपालिकाभित्रका प्लास्टिक मुक्त क्षेत्र घोषणा गरि मुख्य सडकहरुमा अर्नामेन्टल प्लाण्ट लगाइ शहरी हरियाली एवम् शहरि सौन्दर्यता कायम गर्ने भनिएको छ ।
प्रतिक्रिया