काठमाडौं महानगरपालिकाले डिजिटल नक्सापास सेवा सुरु गरेको छ । महानगरका सेवालाई अनलाइनमा लैजाने क्रममा नक्सापास सुविधा पनि स्मार्ट प्रविधिमा लागिएको हो ।
अनलाइन प्रविधिमा गएपछि सेवाग्रहीसँग प्रत्यक्ष सम्वाद नहुने भएकाले अनियमितताको सम्भावना घट्ने दावी महानगरपालिकाको रहेको छ । महानगरले आफ्नो सेवालाई प्रभावकारी गतवर्ष बाटै अनलाइन ‘मार्स’ सिस्टम तयार गरेर सञ्चालनमा ल्याएको थियो ।
महनगपालिकाको वेबसाइटमा आफ्नो युजर दर्ता गराएर नक्साासको फारम डाउनलोड गरी भरेपछि त्यसैमा अपलोड गर्न सकिन्छ । त्यसका लागि नक्सापास गर्दा चाहिने सबै कागजातको प्रतिलिपि पनि अपलोड गर्नुपर्छ ।
अपलोड भएका नक्सालाई महानगरले छानविन गरेर अनलाइनाटै पास गर्न सक्ने व्यवस्था गरिएको छ । आफ्नो फाइल कुन शाखामा पुगेर कुन चरणको कारवाही प्रक्रियामा छ भन्ने पनि हेर्न सकिनेछ । अनलाइन सुविधा लिन अब नक्सा बनाउँदा डिजिटल नक्सा भने बनाउनुपर्ने छ ।
प्रतिक्रिया