आमनागरिक महामारिको त्रासमा बन्दाबन्दी खेपिरहेका छन । परिस्थती फेरिएको छ हाम्रा स्थानिय तहमा विकाशको योजनाको रुप फेरियो त? चागुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले चाँगुनारायण नगरविकाशको आगामि योजना र रुपरेखाको बारेमा ग्रिनसिटि पोष्ट संग कुरा गर्नूभएको छ ।
चाँगुनारायणमा कोरोना चेकजाँच कतिको भए संक्रमित छन कि छैनन ?
तिन सय जनामा परिक्षण भयो त्यसमध्ये ३ जनालाई देखा परेको छ । शुरक्षीत हुन मास्क स्यानिटाइजर र साबुनपानीले हात धुने भनेर जनचेतना दिएको छौ । चाँगुनारायण शुरक्षित छ । नगरमा क्वारन्टाइन छ क्वारेन्टाइनमा पनि बसेका छन ।
लकडाउनको समयमा के कस्ता काम गर्नुभयो त ?
लकडाउनका कारणले चुलो बल्न गाह्रो परेका घरपरिवारलाई हामीले रोजगारि दियौ । एक दिन काम गरेका ज्याला आठ सय बिसका दरले प्रलान गरेका थियौ । पचपन्न सय जनाले २ दिन काम गरेका थिए ।
अगामि योजनाहरु सुनाउनुस अबको बजेट के के मा खर्च गर्ने योजना बनाउनुभएको छ ?
मेयर उद्यमशिलता भन्ने कार्यक्रम गरिरहेका छौ । युवाहरुलाई विना व्याजमा क्रण उपलब्ध गराउने छौ । बैकंले क्रण दिन्छ व्याज नगरपालिकाले तिरिदिन्छ । उसले पर्यटन कृषिमा जेसुकैमा पनि लगानि गरेर व्यवसाय गर्न सक्छ ।
अर्काे बचत खाता छोरिको शुरक्षा जिवन भरिको भनेर हामीले छोरिहरुको नाममा बचत खाता खोलिदिने भनेका छौ । बर्षको ५ हजार जति जम्मा गर्छाै र त्यो बिस बर्ष नपुग्दै पढाइ छोडेमा विहे गरेमा स्वत खारेज हुनेछ । यो योजना मार्फत हामीले बालविवाह न्युनीकरण गर्न पनि खोजेका हौ ।
चाँगुनारायणले कृषिको सम्भावना बोकेको छ । केहि नँया योजनाहरु छन ?
अब हामी ९ वटै वडामा कोल्डस्टोर बनाउछौ । तरकारि अन्न धेरै फलाउने कृषकलाई प्रोत्साहन गरिनेछ । बिउ बिजनहरु अनुदानमा दिने भनेका छौ । यसपाली पनि हामीले माटोको अम्लीयपन सुधार गर्न सतासि हजार केजि कृषि चुन वितरण गर्छाै ।
यो त कृषिका कुरा भए शिक्षामा चाँहि के छ बिद्यालयहरु बन्द छन ?
परिक्षा प्रणालि व्यवस्थित गर्ने भनिएको छ । कक्षाकोठाको शिक्षण सिकाइमा अनुगमण गर्ने तालिम दिने कक्षाको सिकाइमा गुणस्त्तरियता ल्याउने योजना छ ।
स्वच्छ नगरविकाशको लागि सरसफाइको सात वटा इन्डीकेटरहरु पुरा गर्ने काममा लागिरहेका छौ । फोहोरमैला व्यवस्थापन, खानेपानी व्यवस्थित शौचालय ढल निकाशको दिगो व्यवस्थापन जस्ता काममा लागिरहेका छौ ।
विद्यालय सन्चालन नहुंन्जेल घरभित्र थुनिएका विद्यार्थिहरुलाई पढाउन अबको विकल्प के हुनेछ ?
हामीले यसपटक जेठ महिनाको अन्तिम हप्ता दुइ सय जना शिक्षकहरुलाई तालिम दिएका छौ । त्यो तालिम कसरि अनालाइन क्लास लिने भन्ने विषयमा थियो ।
जसको अनलाइनमा पंहुच छैन त्यस्ता विद्यार्थिहरुलाइ अप्सनमा राखेर विद्यालयमा पालैपालो बोलाएर सामाजिक दुरि कायम गरेर पढाउने भनेको छौ । जसको इन्टरनेटको पंहुच छ उनिहरुको पढाइ सुरु भइसकेको छ । एउटै क्लासमा धेरै भए भने सामाजिक दुरि कायम गरेर सेक्सन अनुसार विद्यार्थि शिक्षकलाई पार्लसंग बोलाएर अध्यापन गराउने भनेका छौ ।
नागरिकको स्वास्थयलाई मध्यनजर गरेर केन्द्रले पनि धैरै बजेट छुटयायो । तँपाइको नगरमा चाँहि कस्तो छ ?
शतप्रतिशतलाई स्वास्थय विमा गरिदिने योजना छ । विपन्न नागरिक विमा योजनाअन्र्तगत पचास प्रतिशत अनुदान दिने भनेका छौ ।
नगरभित्र दूइवटा ल्यावको व्यवस्था गर्ने भनेका छौ । एउटा नगरअस्पतालमा राख्ने र अर्काे अरु कुनै ठाँउमा हुन सक्छ । यसबाहे अरु नेपाल सरकारले उपलरब्ध गराउने औषधीहरु स्वास्थ्यचौकिमार्फत दिनै छौ । दम खोकि ब्लड प्रेशर सुगरको औषधि नगरपालिकाबाट निशुल्क बाडने छौ । बर्थिङसेन्टर चलाएको छौ । आमा शुरक्षा योजना सुत्केरि आमालाई एम्बुलेन्सको निशुल्क सेवा दिइरहेका छौ । कपडा र खाद्यन्न दिने गरेका छौ ।
लकडाउनले कतिको चुल्हो निभ्यो होला राहत चाँहि कति बाडनुभयो ?
हामीले २१ हजार मान्छेहरुलाई राहत बाडेका छौ । खाद्यन्नका लागि रोजागारि भनेर काम गरिरहेका छौ ।
कार्यलयहरु खुलिसके भाडावालहरु बहिरबाट आउन पाउनुभएको छैन । यो विषयमा के व्यवस्था छ ? लकडाउन खुल्नुपर्छ भन्ने सवालमा तँपाइ के भन्नुहुन्छ ?
मेरो विचारमा उपत्यकाको सबै नाकाहरुमा कर्फयु लगाउनुपर्छ । उपत्यकाबाहिरबाट हामीकँहा दिनको पच्चिस जना जति आइरहेका छन । हामीले ति सबैलाई क्वारेन्टाइनमा राखेका छौ । हामीकँहा सिधै आएर बस्न पाइदैन । क्वारेन्टाइनमा बस्नुपर्याे त्यसैले क्वारेन्टाइनको व्यवस्था गरेका छौ ।
-प्रस्तुती पार्वती खड्का
प्रतिक्रिया